मुम्बर्इ र पञ्जाबबीचको खेलमा छक्काको वर्षा, अमलाको शतकले पनि हारबाट जोगिएन पञ्जाव

147
  •  
  •  
  •  

GETTY IMAGES
GETTY IMAGES

काठमाडौं, ८ वैशाख (एजेन्सी) : इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार मुम्बर्इ इण्डियन्स र किङ्स इलेवन पञ्जावबीच भएको खेलमा जुन रुपमा ब्याटिङ भयो यसलाई क्रिकेट प्रेमीले लामो समयसम्म सम्झिरहनेछन्। मुम्बइ र पञ्जावबीचको खेलमा पुरै २४ छक्का प्रहार भए।

पञ्जाबले मुम्बईलाई जितका लागि १ सय ९९ रनको विशाल लक्ष्य दियो। तर, मुम्बईले १५. ३ ओभरमा ८ विकेटले जित हासिल गर्यो। जितका कारक रहे जोस बटलर र नीतीश राणा।

जोस बटलर
पार्थिव पटेलसँग मुम्बई इण्डियन्सको पारीको शुरुआत गर्न ब्याटिङमा उत्रिएका जोस बटलरले सुरुआतमै आक्रामक खेले। ३७ बल सामना गरेका बटलरले ७ चौका र ५ छक्काको मद्दतले ७७ रन बनाए। बटलरको पारीमा १ सय ९९ रनको लक्ष्यलाई पनि सामान्य बनाइदिए पार्थिव पटेलले। १८ बलको सामना गरेका पटेलले ३७ रन बनाए। जसमा ४ चौका र २ छक्का प्रहार गरे।

नीतीश राणा

NITISH RANA FB PAGE
NITISH RANA FB PAGE

नीतीश राणाले आक्रामक ब्याटिङ गर्दै बटलरको पारीलाई पनि पछाडि पारे। पार्थिव पटेल आउट भएपछि ब्याटिङमा उत्रिएका राणाले बलरलाई हैरान पार्दै आक्रामक ब्याटिङ गरे। २९ बलको सामना गरेका राणाले अर्धशतक पूरा गरे। उनले ६२ रन बनाए। राणाले चौकाको काम लिएनन्। खेल अवधिभर राणाले ७ छक्का प्रहार गरे।

हाशिम अमला

REUTERS
REUTERS

खेलमा पञ्जावका ब्याटिसम्यानले पनि आक्रामक ब्याटिङ गरेका थिए। पञ्जावका हाशिम अमलाले जÞोरदार शतक लगाए। ६० बलको सामना गरेका अमलाले ६ छक्का र ८ चौकाको मद्दतले १ सय ४ रन बनाउदै नटआउट रहे। यद्यपी, उनले हारबाट जोगाउन सकेनन्।

ग्लेन म्याक्सवेल

REUTERS
REUTERS

पञ्जाबका कप्तान ग्लेन म्याक्सवेल टी–२० को सबैभन्दा विध्वंसक ब्याट्सम्यानमा एक मानिन्छन्। १८ बलको सामना गरेका ग्लेनले ४० रन बनाए। उनले ३ छक्का र ४ चौका प्रहार गरेका थिए। तर, अन्य ब्याट्सम्यानले खराब प्रदर्शन गर्दा पञ्जाव हारबाट जोगिन सकेन्।

बीबीसी हिन्दीबाट अनुवाद


  •  
  •  
  •