खल्तिमा राख्दा आईफोन-६ बाङ्गिएला, होस् गर्नुस्…

68
  •  
  •  
  •  

iphone-6 bendकाठमाडौ, ८ असोज (एजेन्सी) : प्रविधीको विश्वमा एप्पल कम्पनीको आफ्नै छुट्टै स्थान छ । केही समयअघि सार्वजनिक गरेको आईफोन-६ र आईफोन-६ प्लस स्मार्टफोनको खराबी देखिएपछि एप्पललाई झड्का लागेको छ । केही प्रयोगकर्ताहरूले पकेटमा राखेको आईफोन सामान्य दवाव पर्दा पनि बाङगिने गरेको गुनासो गरेका छन् । अमेरिका र युरोपको बजारमा आईसकेको एप्पलको क्रेज विश्वभर रहेको छ । एप्पल एक करोडभन्दा धेरै सेट बेचिसकेको छ ।

प्रविधीसम्बन्धी एक अनलाईनका अनुसार एप्पलले बजारमा ल्याएको आईफोनका मोडिएका फोनका तस्विरहरू अनलाईनमा पोष्ट गरिएको छ । फोनका प्रयोगकर्ताले वेबसाइटको फोरममा गुनासो गरेका छन् । यसका अनुसार फोनको मुख्य भागको भोलुम कन्ट्रोल बटनको नजिकै दवाव परेपछि फोन बाङगिन्छ । हैजो नामको प्रयोगकर्ताले एक मोडिएको आईफोनको तस्विर पोष्ट गरेर भनेका छन् की उनको खल्तिमा १८ घण्टासम्म फोन रहेपछि दवाव परेका कारण फोन मोडिएको थियो । एक अर्का प्रयोगकर्ताले जब आफ्नो मोडिएको फोन सिधा गर्ने प्रयास गर्यो, तब फोनको स्क्रिन स्क्र्याच भएको बताए ।

प्रविधीसम्बन्धी अर्को एक अनलाईनमा काम गर्ने एक रिपोर्टर आफैले पनि यस्तो समस्या भोगेको बताएका छन् । होली नामका ती रिपोर्टरले भने, ‘फोनसँग जोडिएको गुनासो पढेपछि जब मैले आफ्नो आईफोन-६ चेक गरे तब आफूले पनि यस्तै समस्याबाट गुज्रिन पर्यो ।’ ट्विटरमा पनि प्रयोगकर्ताले मोडिएका, बाङगिएका आईफोनका तस्विरहरू पोष्ट गरिरहेका छन् ।

एक प्रयोगकर्ताले फोन बाङ्गिएको भिडियो नै पोष्ट गरेका छन् । उनले भिडियोमा दवाव परेपछि कसरी आईफोन बाङ्गियो भन्ने देखाएका छन् । एप्पलसँग जोडिएका स्टोरिज गर्ने एक वेबसाइटले यस्तो कुनै समस्या नभएको दावी गरेको छ । वेबसाईटले सामसुङ ग्यालेक्सी एस ४, आईफोन ५-एस, आईफोन ५ र आईफोन ४ एस, सोनी एक्सपीरिया जेड, ब्याल्कबेरी क्यू १०, एचटिसी ईवोमा मात्र यस्तो समस्या देखिएको दावी गरेका थिए ।


  •  
  •  
  •