आईफोनका नयाँ दुई उत्कृष्ट स्मार्टफोन बजारमा

79
  •  
  •  
  •  

iphone 6काठमाडौ, २५ भदौ (एजेन्सी) : एप्पल कम्पनीले आफ्नो दुवै नयाँ आईफोन र पहिलो आईवाच सार्वजनिक गरिसकेको छ । कम्पनीलाई पछिल्लो समय केही परिवर्तन तथा नयाँ चीजको आवश्यकता थियो ।

स्टिव जब्सको मृत्युपछि कम्पनीले कुनै नयाँ ग्याजेट ल्याएको यो पहिलोपटक हो । वियरेबल ग्याजेटसका क्रममा आईवाचले अन्य प्रतिद्धन्दीहरूलाई टक्कर दिन सक्छ । जहाँसम्म आईफोनको कुरा छ, दुवै मोडलमा केही नयाँ तथा उत्कृष्ट सुविधाहरू छन्, जसले यसलाई पुराना भन्दा केही फरक देखाउँछन् ।

आइफोन ६ को स्क्रिन ४.७ इन्च रहेको छ भने आईफोन ६ प्लसको स्क्रिन ५.५ इन्च रहेको छ । दुवै एप्पलका पुरानो मोडल आईफोन ५ भन्दा स्लिम अर्थात् पातला छन् । आईफोन ६ मात्र ६.९ एमएम को रहेको छ भने आईफओन ६ प्लसको स्क्रिन ७.१ एमएमको हुन्छ । यसमा होम स्क्रिनको लागि खास ल्याण्डस्केप भ्यु दिइएको छ । दुवै मोडलमा एप्पलको नयाँ अपरेटिङ सिस्टम आईओएस ८ प्रयोग गरिएको छ । यस्तै, यी मोडलमा ए८ चिपको प्रयोग गरिएको छ ।

यी दुवै स्मार्टफोनको मूल्य निकै धेरै हुने अनुमान गरिएको छ । यसको मूल्य करिब ८० हजार नेपाली रूपैयाँसम्म हुन सक्ने अनुमान गरिएको छ ।
आईफोन ६ र ६ प्लसका केही सुविधाहरू…
iPhone 6-
– ४.७ इन्चको स्क्रिन
– LED ब्याकलिड IPS LCD क्यापासिटिभ डिस्प्ले
– ७५०*१३३४ पिक्सेलको रिजोलुशन
– ३२६ पिक्सेल प्रति इन्चको डेन्सिटी
– शटर प्रुफ ग्लास
– अलियोफोबिक कोटिङ्ग

iPhone 6 Plus
– ५.५ इन्चको स्क्रिन
– LED ब्याकलिड IPS LCD क्यापासिटिभ डिस्प्ले
– १०८०*१९२० पिक्सेलको रिजोलुशन
– ४०१ पिक्सेल प्रति इन्चको डेन्सिटी
– शटर प्रुफ ग्लास
– अलियोफोबिक कोटिङ्ग


  •  
  •  
  •