४६ हजारको मोबाइल मात्र १ सय रूपैयाँमा खरिद

191
  •  
  •  
  •  

काठमाडौँ, ७ फागुन(एजेन्सी) : पञ्जाब विश्वविद्यालयका एक विद्यार्थी निखिल बंसलले स्न्यापडीलको वेबसाइटबाट ४६ हजार ४ सय पर्ने आईफोन ५एस गोल्ड मात्र १ सय ९ रूपैयाँमा किनेका छन् ।

निखिलले स्न्यापडीलको वेबसाइटमा आईफोन ५एस गोल्ड ९९.७ प्रतिशतको छुटमा बेचिरहेको थियो । उनले त्यो अफर देखेर तुरून्त आईफोन अर्डर गरे । तर, उनलाई यो आईफोन डेलिभरी गरिएन । प्राविधीक गडबडीका कारण यस्तो अफर देखाइएको भन्दै कम्पनीले उक्त आईफोन किन्ने व्यक्ति निखिललाई दिइएन र कम्पनीले यसलाई पछि हटाएको थियो ।

आफूलाई आईफोन नदिएपछि रिसाएका निखिलले उपभोक्ता अदातलमा उजुरी गरे । उनले अदालतमा कम्पनीको वेबसाइटमा आईफोन ५एस ९९.७ प्रतिशत छुटमा पाइएको र १६ जिबीको मेमोरी रहेको यो स्मार्टफोन सबै सुविधाहरूका साथ पाइने उल्लेख गरिएको बताएका थिए । यता स्न्यापडीलले अदालतमा प्राविधिक समस्याका कारण यस्तो अफर देखिएको तर्क राखेको थियो ।

अदालतले दुवै पक्षको कुरा सुनेपछि स्न्यापडीलको तर्कलाई खारेज गरेर निखिललाई उक्त स्मार्टफोन त्यही अफरको साथमा अर्थात् १ सय ९ रूपैयाँमा दिन आदेश दियो । साथै, स्न्यापडीललाई ३ हजार २ सय रूपैयाँको जरिवाना समेत तिराएको छ ।

यस फैसलाविरूद्ध जब स्न्यापडीलले आवाज उठायो तब अदातलले ३ हजार २ सय बाट बढाएर जरिवाना १६ हजार रूपैयाँ पुर्‍याइदियो ।


  •  
  •  
  •