नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने फ्याकल्टी बोर्डको निर्णय

142
  •  
  •  
  •  

काठमाडौं, ५ चैत (ओएनएस)  : चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको फ्याकल्टी बोर्डले नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने निर्णय गरेको छ ।

बोर्डको बिहिबार बसेको बैठकले संस्थानसँग थप विद्यार्थि धान्न सक्ने पूर्वाधार नभएको ठहर गर्दै सम्बन्धन नदिने निर्णय गरेको हो । उक्त निर्णयसँगै सम्बन्धन पाउने आशामा रहेका मनमोहन मेडिकल कलेज, काठमाडौं नेसनल, पिपल्स डेन्टल तथा मेडिकल र नेपाल प्रहरी मेडिकल कलेज हालको लागि सञ्चालनमा आउने छैनन् ।

प्रधानमन्त्री कार्यालयले आइओएमलाई नयाँ कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाउन दबाब दिएपनि फ्याकल्टी बोर्डले आइओएमले नै विद्यार्थी धान्न नसक्ने बताउँदै नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन अस्वीकार गरेको हो ।

नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भन्दै डा. गोविन्द केसी अनशनमा बसेका थिए । तर, एमाले संसाद तथा मनमोहन मेडिकल कलेजका संस्थापक राजेन्द्र पाण्डेले नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन पार्टी तथा सरकारलाई चर्काे दबाब दिँदै आएका छन् ।


  •  
  •  
  •