दुई महिनादेखि आइओएम डिन खोज्दै सर्च कमिटि

182
  •  
  •  
  •  

काठमडौं ३१ बैशाख ।
त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान (आइओएम) को डिन सिफरिसका लागि गठन भएको सर्च कमिटिले दुई महिना बितिसम्दा पनि नाम सिफारिस गर्न सकेको छैन ।

२२ माघमा आइओएम डिनबाट राजीनामा दिएका प्राडा. राकेशकुमार श्रीवस्तवको राजीनामा स्वीकृत गरेपछि त्रिवि कार्यकारी परिषद्ले त्यसको एक महिनापछि डिन सचए कमिटि गठन गरेको छ ।

परिषदले आइओएमको डिन सिफारिसका लािग प्राध्यापक पुष्कर बज्राचार्यको संयोजकत्वमा तीन सदस्यीय सर्च कमिटी गठन गरेको थियो । सो कमिटीमा त्रिवि शिक्षण अस्पतालका सहायक निर्देशक डा दिनेश काफ्ले र प्राध्यापक लक्ष्मीकान्त सुवेदी सदस्य थिए ।

यसअघि डिनको नाम सिफारिस गर्न सर्च कमिटिलाई एक हप्ताको समयसीमा तोकिएको हुन्थ्यो तर यसपटक भने समयसीमा नतोकिएका कारण समितिले डिनको नाम कहिले सिफारिस गर्छ भन्ने टुंगो छैन ।
नयाँपत्रिकाबाट


  •  
  •  
  •