इन्डियन आयल कर्पोरेसन ( आइओसी ) ले भारतीय सरकारी विमान कम्पनी एअर इन्डियाको जहाज इन्धन (एटिएफ) बन्द हुने सम्भावना बढेको छ ।
भारतीय अनलाइन अमर उजालाका अनुसार आइओसीले सम्पुर्ण भुक्तानी गर्न एअर इन्डियालाइ सुचना दिइसकेको छ । तोकिएको समयमा सम्पूर्ण बक्यौता नतिरे कम्पनीलाई दिंदै आएको इन्धन बन्द गरिदिने चेतावनी पनि आइओसीले दिएको छ ।
भारत सरकारले आइओसीलाई ३ हजार ८ सय ३३ करोड भारतीय रुपैंया भुक्तानी दिएको छ । तर आइओसीले भने बाँकि रकम चुक्ता नगरे छिट्टै इन्धन कटौती गरिने बताएको छ ।
एअर इन्डियाले आइओसीलाई २१ हजार १ सय ६१ करोड भारु तिर्न बाँकी रहेको बताइएको छ ।
यो रकमको ब्याज मात्रै ५ सय ३७ करोड पुगेको आइओसीले बताएको छ । पटक पटक रकम आग्रह गर्द पनि रकमा भुक्तानी नगरे इन्धन बन्द गर्नुको विकल्प नरहेको आइओसीले स्पष्ट पारेको छ ।