इन्भेष्टमेन्ट बैंकद्वारा बाढीपििडतलाई १० लाख सहयोग

90
  •  
  •  
  •  

काठमाडौँ, ९ भदौ : देशका विभिन्न भागमा आएको पहिरो र बाढीले पीडित बनेकाहरुलाई सघाउन नेपाल इन्भेष्टमेन्ट बंैक लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ प्रदान गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले १० लाख रुपैयाँको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरे ।
प्रधानमन्त्री कोइरालाले मुलुकमा विपत्ति आइपर्दा सबै नेपालीलेको सहयोगबाट सरकारले पीडितलाई राहत दिन पाएको बताए ।


  •  
  •  
  •