उपत्यका बाहिर सेवा विस्तारको योजनामा छौं : भण्डारी

103
  •  
  •  
  •  

हिमालयन अनलाइन सर्भिस प्रालिले विगत १५ बर्षदेखि इन्टरनेट सेवा उपलब्ध गराउदै आएको छ । कम्पनीले दसैं तिहारमा उपलब्ध गराएको छुट र यसको पभावकारीको सेरोफेरोमा रहेर हन्सका कार्यकारी निर्देशक हरिहर भण्डारीसँग ओएनएसले गरेको कुराकानीको सम्पादित अंश :

हन्सको दसैंतिहार योजना कतिको प्रभावकारी भइरहेको छ ?

हामीले दसैं तिहार विशेष छुट योजना सञ्चालन गरिरहेका छौं । ग्राहकको प्रतिक्रिया राम्रो छ । अन्य आइएसपीको तुलनामा सस्तो भएकोले विक्री पनि बढेको छ । १ एमवीपीएसको प्रवद्र्धन गर्ने उद्देश्यले दसैं तथा तिहारलाई लक्षित गरी १ एमवीपीएस डाटामा विशेष छुट प्रदान गरेका छौं । जसअन्तर्गत १३ हजार ५ सय रुपैयाँमा १ एमबीपीएस इन्टरनेट खरिद गर्न सकिन्छ । १ एमबीको प्याकेजमा पहिलाको तुलनामा ५० देखि ६० प्रतिशतले बढेको छ । योजना तिहारसम्म लागु हुने छ ।

हन्सको बजार हिस्सा कति छ ?

हन्सको बजार हिस्सा कति छ भन्ने आधिकारिक तथ्यांक त निकालेका छैनांै । तर, हन्सको बजार हिस्सा २ प्रतिशत छ भन्ने अनुमान गरेका छौं । यद्यपि हामी उपत्यका भित्र मात्र सिमित छौं । जति हाम्रा ग्राहक छन् , प्राय सन्तुष्ट छन् । यही हाम्रो लागि सफलता हो ।

उपत्यका बाहिर सेवा विस्तार गर्ने योजना छैन ?

योजना छ । निकट भविष्यमा उपत्यका बाहिर आफ्नो सेवा विस्तार गर्ने छौं । अहिले बर्दीबास र जर्सीङपौवामा ‘टेष्ट फेज’मा काम गरेका छौ । विस्तारै यसलाई निरन्तरता दिने योजना छ । त्यस्तै पाटन अस्पतालसँगको सहकार्यमा गोरखा, नवलपरासीमा पनि सेवा विस्तार गर्न लागेका छौं । सेवालाई देशै भर पुर्याउने हाम्रो लक्ष्य हो ।

DSCN9856

हालसम्म कति ठाउँमा पुगेको छ ?

हाल नेपालभरका हन्सका प्रयोगकर्ता १ हजार ७ सय भन्दा बढी पुगिसकेका छन् । त्यसमध्ये ७ सय प्रयोगकर्ता संस्था छन् । विशेषगरी कलेज तथा हस्पिटल हाम्रा ग्राहक हुन ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पता,पाटन हस्पिटल,लिभरपुल कलेज,हेवाइटहाउस कलेज,होम हस्पिटललगायतले हन्सको इण्टरनेट प्रयोग गरिरहेका छन् । त्यस्तै अन्य ३५ प्रतिशत प्रयोगकर्ता सरकारी संस्था रहेका छन् ।

 

हन्सले स्पीड कतिसम्म उपलब्ध गराउदै आएको छ ?

स्पीड ग्राहकको आवश्यकता अनुसार हुन्छ । ५ सय १२ वा १ एमवीपीएसबाट प्याकेज सेल गछौं । प्रविधि विकास हुँदै जाँदा व्याण्डविथ रिक्वायरमेन्ट बढ्दै जान्छ । त्यसैअनुरुप ५ सय १२ भन्दा माथिको सर्भिस विक्री गरिरहेका छौं ।

हन्सको लक्षित ग्राहक को हुन् ?

हामीले मुख्यत मध्यमवर्गीय ग्राहकलाई लक्षित गरि सेवा उपलब्ध गराउदै आएका छौ । पहिला साइवरमा विशेष‘फोकस गरेर इन्टरनेट सुरु गरेका थियो । साइवरको मात्रा घट्न गएकोले अहिले कर्पोरेट युजरलाई पनि फोकस गरेका छौ । त्यसमा पनि होम र स्मल विजनेश युजरलाई फोकस गरेका छौ ।

अन्य इन्टरनेट सेवा प्रदायक भन्दा फरक के छ ?

हामी गुणस्तरमा कम्परमाइज गर्दैनौ । हाम्रो सर्भिस राम्रा छ । हामीले विक्री पछिको सेवालाई टार्गेट गरेका छौ । ग्राहकको सेवालाई पुरा गर्न जसिहलेसुकै तयार हुन्छौ । हामी ग्राहकसँग पारिवारि वातावणमा सेवा दिन्छौ । त्यस्तै प्राविधिक समस्याबारे जानकारी दिने तथा तालीम दिन्छौ । यो सवै आइएसपीले गर्दैन ।

यस क्षेत्रको चुनौती के हो?

अनियन्त्रित गतिको बस जस्तै हो । नियन्त्रण नभएसम्म मूल्य, सेवा,गुणस्तरमा भिन्नता हुन्छ । अस्वच्छ प्रतिशपर्धा यो क्षेत्रको सवैभन्दा ठूलो चुनौती हो । यसले ग्राहलाई समेत समस्यामा पार्छ ।

अन्त्यमा, इन्टरनेटमा आउने सामान्य समस्याबारे ग्राहकले केकस्ता कुरामा ध्यान दिनुपर्छ ?

हामीले हन्समा एउटा बोर्ड पनि राखेका छौ । ग्राहकले प्राविधिक जानकारी राख्नुपर्ने हुन्छ । आरजे र राउटरमा आउने समस्या ग्राहक आफैले समाधान गर्न सक्छन् । तर ग्राहक त्यस्ता कुरामा ध्यान दिदैनन् । कतिपय अवस्थामा तार मात्र मिलाउन नजानेर पनि ग्राहकको गुनासो आउछ । इन्टरनेटमा समस्या आएमा यस्ता सेवा प्रदायकमा फोन गर्नुभन्दा अघि ग्राहकले राउटरमा बत्ति बलेको छ कि छैन, त्यस्तै आफ्नो इन्टरनेटमा आएको समस्या र युजर आइडी थाहा पाउनु जरुरी छ । युजरनेम याद नभए नोट गरेर राख्नुपर्छ । यस्तो गरेमा ग्राहक सेवा प्रदायक दुवैको समय बचत हुन्छ ।


  •  
  •  
  •