‘म शिव जी बन्छु भन्दा पनि बन्न नदिए बल प्रयोग गर्छु’

453
  •  
  •  
  •  

Constituent Assembly Chairman Subhash Nemwang answers questions during an exclusive interview with Reuters at his residence in Kathmanduसंविधान जारी गर्ने समय नजिकिँदै जाँदा दलहरूबीच अझै सहमति हुन सकेको छैन् । संविधान समयमा नआउने देखेपछि संविधानसभाका सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले सोमबारसम्म दलहरूलाई सहमति गर्न या आफूलाई मस्यौदा तयार गर्न दिन आग्रह गरेका छन् । उनले संविधानको मस्यौदा बनाएर पेश गर्ने काम कालकुट विष भएको भन्दै उक्त विष आफूले खान तयार रहेको अभिव्यक्ति दिएपछि राजनीतिक माहोल निकै तातेको छ । यसै क्रममा संविधान समयमै जारी गर्नका लागि के गरन सकिन्छ र कालकुट विष खाने कुरा के भन्ने विषयमा सभाध्यक्ष नेम्वाङसँग ओएनएसले कुराकाणी गरेको थियो । प्रस्तुत छ सोही कुराकानीः-

संविधान जारी गर्नुपर्ने बेला आयो त ? के गरिरहनु भएको छ ।

निरन्तर छलफल गरेको गर्यै छु, औपचारिक अनौपचारिक भेटघाट गरेको गरेकै छु । तर, दलहरुको पछिल्लो जुन सहमतिको प्रयास छ । त्यो निश्कर्षमा पुगिरहेको छैन । उहाँहरूले २ घण्टाभित्रमा टुङ्गो लगाउँछौ भन्नुभएको थियो । दलहरूले विवादित विषयमा सहमति गरिँदा अहिले पनि माघ ८ मा संविधान निर्माण हुन सक्छ भन्ने कुरा भनेको छु । तर, भएको छैन ।

माघ ८ मा संविधान साच्चिकै आउँछ ?

जहाँसम्म माघ ८ मा संविधान आउछ भन्ने कुरा छ, संविधान जारी गर्नको लागि दुई वटा कुरा हुनुपर्छ । एउटा विवादित बिषयमा दलहरूबीच सहमति हुनुपर्छ । पहिलो प्राथमिकता पनि मेरो पनि यही हो । यसको लागि अब संविधानसभाको बैठक सायद सोमबारसम्म चल्छ र सकिन्छ । त्यसपछि हामीले एउटा टुङ्गोमा पुग्नु पर्ने हुन्छ । त्यसैले, मैले दलहरूलाई भने तपाईहरूलाई चार दिन बाँकी छ । दुई घण्टामा टुङ्ग्याउछु भन्नु भएको हो । तपाईहरुलाई ४ दिनको समय दिन सकिन्छ । यो चार दिन भित्रमा विषयमा सहमति गर्नुहोस् । तपाईहरू विषयमा सहमति गर्न सक्ने अवस्थामा हुनुहुन्छ । तर, तपाईहरुले गरिराख्नु भएको छैन ।

सहमतिका लागि समय पनि दिनु भएको छ नी के आधारमा दिनु भएको हो ?

मैले दलहरूलाई दवाव दिइरहेको छु, त्यसकै आधारमा हो । चार दिनमा सहमति गर्नु भएन भने तपाईहरुले दिमाखमा अर्को एउटा कुरा राख्नुहोस् भनेर मैले भनेको छु । मलाई संविधानको मस्यौदा ल्याउने अधिकार दिनुहोस् । केहि नियम निलम्बन गरौ, बाधा-अड्काउ फुकाउको प्रस्ताव गरेर संविधानको विधयकको मस्यौदा गर्ने अधिकार मलाई दिनुहोस् । म कम्तिमा १० दिन बढिमा १४ दिन भित्रमा संविधानको विधेयक संविधानसभा समक्ष राख्छु । त्यसलाई संसोधन गर्नुहोस्, परिमार्जन गर्नुहोस् पास गर्नुहोस् । देश र जनताको हितमा यो कालकुट बिष पिउन म तयार छु ।

कुन अर्थमा कालकुट बिष भनेको ?

कुन अर्थमा भन्दाखेरी यसबाट थुप्रै कुरा उठ्न सक्छन् । यो कुरा मिलेन, भएन भन्ने कुराहरू तपाईहरुको तर्फबाट म बोक्न तयार छु भन्न खोजेको हो । तपाई कि त आफू सक्नुहोस् कि त मलाई यो अधिकार दिनुहोस् । मैले यो प्रस्ताव कार्यव्यवस्था समितिको बैठकमा राखेको हो ।

तपाई त रेफ्री हो रे नी त ? अनि प्रस्ताव ल्याउन मिल्छ  ?

म अवश्य रेफ्री हुँ । तर, खेलाडीले गोल नै गर्न सकेनन भने यसरी गोल गर्नुहोस भनेर सिकाउने, दवाव दिने नभए कुनै खेलाडी मार्फत आफै गोल हान्न पनि सक्नुपर्छ भन्ने लागेको छ । मैले त गोल हान्छु पनि भनेको छैन । मस्यौदा ल्याउँछु तपाईहरू त्यसलाई छलफल गरेर गोल आफै हान्नुहोस् मात्र भनेको हो ।

कसरी ल्याउनु हुन्छ मस्यौदा चै ?

उहाँहरूलाई मैले गृहकार्य गरेर सबै दस्तावेजहरू उपलब्ध गराएको छु । यसलाई अध्ययन गर्नुहोस् । अहिले उत्तर दिनुपर्दैन । तपाईहरूको प्राथमिकता भनेको यो चार दिनभित्रमा विषयमा सहमति गर्न मै लगाउनुहोस् । तर, यसो गरिरहँदा कथमकदाचित हामीले सकेनौ भने संविधानसभा अड्केर बस्न सक्दैन । अड्काउनु हुँदैन । देश र जनताको हितमा यसलाई अगाडि बढाउनुपर्छ । अगाडि बढाउनको लागि तपाईहरूले दिने एउटा अधिकार नियम निलम्बन गरेर बाधा अड्काउ फुकाएर संविधानसभाका अध्यक्षलाई दिनुहोस् । म तपाईहरुको तर्फबाट तथस्ट अध्यक्षको नाताले संविधानको मस्यौदा बढिमा १४ दिन र घटिमा १० दिन भित्र बनाएर पेश गर्छु । यसमा उहाँहरूले के भन्नु भयो भने, ‘अहिले नै यस विषयमा टुंगोमा नपुगौ । भरसक हामी अध्यक्षज्यूलाई कालकुटछ विष पिउने अवस्थामा पुर्याउन चाहान्नौ । हामी आफू पनि त्यसलाई अलिअलि बाढ्छौ । अर्थात्, हामी सकारात्मक रुपमा सहमतिमै बनाउन लाग्छौ भन्नु भएको छ ।

दलहरूले नसकेको हो की नगरेको खासमा ?

जनताको बीचमा मत माग्न जादा यीनै दल र नेतहरुलाई जनादेश दिए । हामी लोकतान्त्रिकका प्रक्रियामा विश्वास गर्नेले यसको अर्थ बुझ्छौ । यी ३१ दलले यो समस्याको समाधान गरेनन् भने अहिले नयाँ जनादेशमा अरू कस्ले गर्लान्, गंभिर प्रश्न छ । यो प्रश्न मैले उनीहरुलाई निरन्तर राखेको छु । यति गंभिर स्थिति छ है भनेको छु । मैले नजिकबाट हेरेको छु, उहाँहरुले मलाई भन्नु भएको छ, २ घण्टाभित्र टुंगाउन सक्छौ । कसैकसैले त चुड्कीको भरमा सक्छौ भन्नु भएको छ । उहाँहरुलाई सम्झाएर भने, ‘तपाईहरु धेरै ठुला ठुला कुरा गर्नुहुन्छ । तर, किन अहिले संविधानको विवादलाई टुंग्याउनु भएको छैन ।’ त्यसैले दलहरूले नसकेको होइन । तपाईहरुले नगरेको हो । किन नगरिराखेको हो ? अब तपाईहरुले कि त गर्नुपर्छ । कि त जनतलाई भन्नु पर्छ । भन्दा उहाँले फेरि पनि गछौ भनेका छन् ।

तपाई रेफ्री भएका नाताले गोल हान्ने कुरा त भएन गर्न सक्ने चै के हो ?

माघ ८ गते संविधान जारी गर्ने सम्दर्भमा मैले देखेको उल्लेखित दुई वटा बाटोबाहेक अन्य छैन । कि त विषयमा सहमति गर्नु पर्यो, प्रक्रिया छोट्याएर संविधान जारी गर्न सकिन्छ । कि त मलाई  अधिकार दिनु पर्यो, बाधा अड्काउ फुकाउन , नियम निलम्बन गर्न उहाँहरुले सहयोग नगरि हुन्न । यी दुई वटै नहुने भन्नेको अर्थ माघमा संविधान जारी हुन सक्दैन भन्ने हो ।

दुई वटै कुरा भएन भने के हुन्छ त ?

संविधानसभा अडिएर पर्खिएर त बस्न सक्दैन । त्यति बेला संविधान, नियम, स्थापीत अभ्यास जसलाई सबै दलले मानेका छन् त्यस बमोजिम हामीले अगाडि बढ्नु पर्ने हुन्छ । त्यसरी अघि बढ्दा प्रक्रिया लम्बिन्छ । माघ ८ गते संविधान जारी हुन सक्दैन ।

साच्चिकै तपाई विष नै खान तयार हो ? कुन अर्थमा आयो यस्तो कुरा ?

कालकुट बिषको सन्दर्भ कहाँ जोडिएको छ, यहाँलाई थहा छ । समुन्द्र मन्थनसँग जोडिएको छ । समुन्द्र मन्थनबाट कालकुट बिष निस्कदा शिव जीले कालकुट बिष धारण गर्नु भएको थियो । अहिले एक अर्कालाई विश्वास नगर्ने, जुँगाको लडाई भैरहेको अवस्थामा उहाँहरुले आ–आफ्नो अडान नछोड्ने, यस्तो अप्ठ्यारोमा त्यो सम्पूर्ण चिज धारण गर्न तयार छु ।

जनताले गाली गर्छन्, कार्यकर्ताले गाली गर्छन की भन्ने डर छ भने दलका नेतहरुले सभामुख देखाई दिनुहोस् । सभामुखले यस्तो विधेयक ल्याउनु भयो । अब हामी परिमार्जन गरेर पास गर्न कोशिस गर्छौ भन्नु होस् । जम्मै मलाई देखाइदिनुहोस् । यो अर्थमा सम्पूर्ण अपजस बोक्न म तयार छु । अधिकार दिनुहोस्, भन्ने मेरो भनाई हो ।

अघिल्लो संविधानसभा जस्तो सभामुखले गर्न सकेन भन्ने अपजस नखान विष पिउने कुरा गरेको हो ?

पाठ त अघिल्लो संविधानसभाले पक्कै सिकाएको छ । तर, मैले भनेको थिए, ऐनमौकामा मैले गर्नुपर्ने कुरा गर्छु भनेको थियो । अब अहिले बेला भयो भन्ने लाग्यो । चार दिनमा दलहरुले सहमति गर्न सक्नुहुन्छ । सहमति गर्न यो कुराले अभिप्रेरित गर्ला । उहाँहरु सक्नु हुन्न भने मलाई दिनको लागि तयार हुन पर्यो । मेरो प्रस्ट कुरा छ ।

१४ दिन भित्र मस्यौदा के आधारमा ल्याउनु हुन्छ ?

एउटा त मेरो पृष्ठभूमि सबैलाई थाहा छ । दोस्रो निरन्तर काम गर्दा गर्दा यसबारे सम्पूर्ण सुचना , आधारहरु मसँग छ । तर, संविधान निर्माणको प्रक्रिया संविधानसभामार्फत जादा जटिल हुन्छ । प्रक्रियाबाट जाँदा अप्ठ्यारो हुन्छ, एउटा विज्ञ समेतको रूपमा र सहयोगमा म त्यो चाँडो गर्न सक्छु । एउटा मस्यौदा तयार हुन्छ । मस्यौदा तयार भएपछि फरक पर्दैन । किन कि दलहरुले यसमा संसोधन गर्न सक्छन् । छलफल गर्न सक्छन् ।

सधैँ नम्र स्वभावको मान्छे कसरी कडा भइयो त ?

नम्रता चै मेरो सानैदेखिको बानी हो । कहिले कसरी मेरोमा आयो थाहा छैन । तर, विनम्रतापूर्वक मेरो अविचलित अडान रहन्छ र विनम्रता भनेको कमजोरी होइन । त्यो कुरा मेरो व्यबहारले देखाउँछ । वास्तवमा नेताहरूलाई म जुन भाषामा भनिरहन्छु । जस्तै, कार्यव्यवस्थाको बैठकमा भनेको छु, ‘ जनताले ३१ दलका तपाई नेतहरुलाई पत्याएकोमा आज तपाईहरुले नसक्ने अवस्थामा पुग्ने हुनु भयो भने यसको सन्देश के हो ?’ विनम्रतापूर्वक भनिएको यो भाषा छ वास्तवमा यो कति कडा हो भन्नु कुरा बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बीड हो । अब दलहरूले श्रीखण्ड नै बनाउनु हुन्छ खुप्राको बीड बनाउने छैनन् भन्ने मरो विश्वास हो ।

खुप्राको बीड नै बनाए भने ?

त्यतिखेर सबैभन्दा ठूलो घाटा दलहरुलाई नै हुनेछ । म मेरो अधिकारभित्र रहेर अन्तिम बल प्रयोग गर्नेछु । त्यो बललाई अवरोध गर्न खोजियो भने बाँकी कुरा जनताले थाहा पाउनेछन् । कसले श्रीखण्ड बुझे, कसले खुप्राको बिड ।


  •  
  •  
  •