‘मोदी आएपनि भारतको नेपाल नीति कर्मचारी तहबाटै चल्छ’

782
  •  
  •  
  •  

कुनै व्यक्ति आउँदैमा, कुनै समुह अगाडी आउँदैमा विदेश नीतिमा आमुल परिवर्तन आउँछ भन्ने होइन । उहाँ(मोदी) यसपाली चुनाव लड्दा खेरि मुख्य कुरा आन्तरिक समस्यालाई उठाउनु भएको छ । त्यस्तै आर्थिक कुरालाई, आर्थिक उन्नतीको विषयलाई र गुजरातमा गरेको आर्थिक उन्नतीलाई भारत व्यापी बनाउँछु भन्ने मुद्दालाई लिएर अगाडी बढ्नु भएको हो ।

भारतमा भारतीय जनता पार्टीको सरकार बन्ने निश्चित भइसकेकाले नेपालमा अनेक अड्कलबाजी चलिरहेका छन् । कतिपय पूर्वराजाको आगमनसँग जोडेका छन् केहीले तत्कालीन सात दल र माओवादीको दिल्ली सम्झौता पुनारोवलोकनको कुरा गरेका छन् । वास्तमा मोदी आउँदा फरक चै के पर्ला विदेशमन्त्री भइसकेका र भारतका लागि राजदुत रहेका कुटनीतिविद् डा. भेषबहादुर थापासँग भारतको मतपरिणमबारे गरिएको संक्षिप्त कुराकानी 
भारतमा कट्टर हिन्दुवादी पार्टी भारतीय जनता पार्टीले सरकार बनाउँदै छ त्यसले नेपालमा के प्रभाव पार्छ ? 
भारतीय जनता पार्टी आफ्नो आन्तरिक चुनावी मुद्दामा चुनाव लडेको हो, आन्तरिक समस्यलाई राखेर अगाडी आएको हो । विदेश नीतिलाई लिएर चुनाव लडेको होइन, त्यसैले भाजपाले जित्दैमा नेपालमा प्रभाव पर्छ भन्ने होइन् । मोदी जी आर्थिक मुद्दा, सुशान र विकासका मुद्दालाई लिएर चुनावमा जानु भएको हो । भारत कमजोर भयो, विकास भएन, भ्रष्टाचार बढ्यो भन्ने जस्ता मुद्दा अगाडी आएका हुन् । गुजरातको. विकास मोडल पनि चुनावी नारा बन्यो । हामीले भाजपाले जित्दैमा नेपालमा फरक पर्छ भन्नु गलत हो । 
मोदी सरकार बनेपछि तत्कालिन विद्रोही माओवादीसँग भएको १२ बुँदे दिल्ली सम्झौतामा समिक्षा हुन सक्छ भन्ने पनि छन् नी  ? 
होइन, होइन, यो हेर्नुहोस हामी कहाँ धेरै अड्कलवाजी भइरहेका छन् । पार्टीले गर्दा धार्मीक दवाव आउलाकी अन्य दवाव आउलाकी अथवा यो भन्दा अघिल्लो सरकारले गरेको कुरोलाई उल्ट्याउला की भन्ने गलत हो । भारतमा चाही विदेश नीतिको निर्माण गर्दा चाही सबै पार्टीमा सहमति हुन्छ । एउटा परिपक्क प्रशासकीय पद्धति छ । 
उनीहरु त्यसलाई अनुकरण गर्छन् । त्यसैले कुनै व्यक्ति आउँदैमा, कुनै समुह अगाडी आउँदैमा विदेश नीतिमा आमुल परिवर्तन आउँछ भन्ने होइन । उहाँ(मोदी) यसपाली चुनाव लड्दा खेरि मुख्य कुरा आन्तरिक समस्यालाई उठाउनु भएको छ । त्यस्तै आर्थिक कुरालाई, आर्थिक उन्नतीको विषयलाई र गुजरातमा गरेको आर्थिक उन्नतीलाई भारत व्यापी बनाउँछु भन्ने मुद्दालाई लिएर अगाडी बढ्नु भएको हो । 
अब आर्थिकरुपमा भारत समृद्धशाली भयो भने त्यसको प्रभाव त छिमेकी मुलुकमा पर्छ नै । अर्काे कुरा चुनावपछि कस्तो व्यक्ति सरकारमा आउँछन त्यो पनि हेर्न बाँकी छ । तर आधारभुत कुरामा दुई देशबीचको सम्बन्धमा व्यापक हेरफेर हुन्छ भन्ने कुरामा म चाही विश्वा गर्दिन । 
अब छिट्टै सरकार बनाउन लागेको भाजपा हिन्दुवादी संगठन आरएसएससँग सम्बन्धित छ यस कारण नेपालमा सामान्य प्रभाव त पर्ला नी ? 
विजेपीसँग हामीले पहिला पनि त काम गरेको हो नी । अटल विहारी वाजपेयी प्रधानमन्त्री हुँदा पनि आरएसएस पछाडि छ भन्ने थियो । तर, नेपाल र भारतका मुल मुद्दामा केही फरक त परेन । पहिला कांग्रेस हुँदा खेरि, त्यपछि विजेपी हुँदा खरि, त्यसपछि फेरि कांग्रेस र फेरि कांग्रेस हुँदा खेरी आमुल परिवर्तन त केही आएन । 
त्यसैले यो परिवर्तन चाही व्यक्ति व्यक्तिले गर्ने होइन् । एउटा निर्णयमा पुग्ने प्रक्रिया हो । प्रक्रियामा भारत परिपक्क छ । त्यही कुरा हो । एउटा कुरा चाही के भन्न सकिन्छ भने, मोदी जी र उहाँका केही सहयोगिको धामिर्क प्रवृति छ, अब नेपाललाई हेर्दा केही सद्भावले हेर्नु होला । तर राज्य राज्यबीचको सम्बन्धमा आमुल परिवर्तन हुने लक्षण चाही म देख्दिन । 
मनमोहन सिंह प्रधानमन्त्री भएपछि नेपाल नआएरै विदा लिँदै छन्, आगामी सरकारबाट नेपालले कस्ता फाइदा लिन सक्छ ? 
मनमोहन सिंह १० वर्ष प्रधानमन्त्री हुँदाखेरि नेपालमा खुट्टा टेक्नु भएन । भुटान जानु भयो, बंगलादेश जानु भयो, श्रीलंका जानु भयो, सबै ठाउँ जानु भयो । नेपाल चाही उहाँको सम्बन्धको मुद्दा बन्न सकेन, उहाँ आउँदै आउनु भएन । अब सायद बद मोदी जीले सुरुमा त नभनौ छिटै नेपाल आउनु होला, पशुपति दर्शन गर्ने इच्छा होला । 
त्यो हिसाबले केही होला । उहाँ धार्मिक स्वभावको व्यक्ति भएकाले केही पहलकदमी गर्नुहोला । सम्बन्धमा थप बढ्ला । तर राज्य राज्यबीचको सम्बन्धको आधार परिवर्तन होला भनेर सोच्नु अहिले ठिक हुँदैन ।
भारजापको सरकार आएपछि नेपाल नीति परिवर्तन हुन्छ भन्नेहरुलाई के भन्नु हुन्छ ? 
होइन, हामीले हाम्रो समस्या आफै समधान गर्नुप¥यो । एउटा अनिर्णयको बन्दी भएर बसेका छौं । ५ वर्षसम्म केही गर्न सकेका छैनौं । आन्तिकरुपमा संगठन बलियो नबनाएर केही कुरा हुन सक्दैन । हामीले ध्यान दिने चाही हामी आफै बलियो हुने, आफै संगठित हुने, आर्थिक उन्नती गर्ने र सामाजिक द्वन्द्व घटाउने किसिमले काम गर्न सक्यौं भने अरले पनि हामीलाई सम्मानको दृष्टीले हेर्छ ।

  •  
  •  
  •  

Comments are closed.