‘बेइमानीले इमान्दर बन्न दिएनन्’

95
  •  
  •  
  •  

दिननाथ शर्मा प्रवक्ता, एमाओवादी

विगतमा भएको सहमति कार्यान्यनको माग गर्दै तपाईहरुकै नेतृत्वमा संसद अबरुद्ध भएको छ । अब कहिले संसदको अवरोध खुल्छ ?

हामी पार्टीहरुबीचमा संविधान बनाउने र नबनाउने निर्धारित समयभित्र संविधान बनाउने नबनाउनेबीचमा केही असहमति छन् । त्यसकारण नेपाली कांग्रेस र एमालेका केही साथीहरु अहिलेको संविधानसभाको समय चार वर्षको हो । त्यसकारण केही फेरि कांग्रेस, एमालेका केही साथीहरु माघ ८ गते नै संविधान जारी गनु अहिले नै अर्थात माघ ८ गते नै संविधान बनाउनु पर्छ भन्ने छैन, विषयबस्तुलाई अलि बढी छलफल गनुपर्छ भन्ने मानसिकताले काम गरिरहेको छ । तर, त्यहीभित्र फेरि माघ ८ गतेभित्रै संविधान जारी गर्नुपर्छ भन्ने साथीहरुको संख्यापनि कम छैन् । एमाओवादी माघ ८ भित्र नयाँ संविधान जारी गर्नुपर्छ भन्नेमा एकमत छ । त्यसमा हाम्रोपार्टीभित्र केही मतभेद छैन् । नेपाली कांग्रेस र एमाालेबाट उत्पन्न गतिरोध अन्त्य गर्न केही समय हामीले जोड गर्छौं । दबाब दिन्छौं । बाहिर जनताको पनि दबाब हुन्छ । मिडियाको पनि दबाब हुँन्छ । केही काम अगाडि बढ्छ । जबसम्म समयमै संविधान जारी नगर्ने आशय हुन्छ तव सम्म गतिरोध जारी रहन्छ ।

भदौको तेस्रो साताभित्र संविधानका विवादित विषयमा सहमति कायम गरिसक्ने भन्ने थियो । त्यो समयसिमालाई सबैले मानेका थिए । तर, एमालेका केही जिम्मेवार नेताहरु छलफलमा केन्द्रित हुनुभन्दा पनि विदेश जाने, स्वदेशमा भएका नेतापनि छलफलमा सहभागी नहुने, सहभागी भएपनि कुनै प्रतिक्रिया नदिने ,पार्टीभित्र पनि संविधानका विषयमा एकमत हुन प्रयत्न नगर्नेलगयतका कारणले यो समस्या उत्पन्न भएको हो । अहिले पनि के देखिन्छ भने कांग्रेस एमालेभित्र संविधानका अन्र्तवस्तुमा एकरुकता छैन् । नेतृत्वले गरेको निर्णय तल्लो निकायले नमान्ने स्थिति छ । यसले संविधान बनाउने प्रक्रियलाई सबैभन्दा बढी प्रभावित गरेको छ ।

यहाँले कांग्रेस एमालेलाई दोष दिनुभयो । तर, तपाईहरु पनि विभिन्न गठबन्धन बनाई संविधान निर्माणप्रति उदासिन भएको आरोप कांग्रेस एमालेले लगाउने गरेका छन नी ?

संविधान निर्माणगर्ने कुरालाई सहज र संविधानका अन्र्तवस्तुमा सबै दलको गठबन्धन बनाएर सहमति जुटाउने प्रयत्नस्वरुप गठबन्धन बनाएको हो । संविधान नबनाउने आशयले एमाओवादीले गठबन्धन गरेको होइन । किन भने यो हाम्रो एजेण्डा हो । हामीले नेपाली जनतालाई गरेको बाजा, कबुल अनुसार एकवर्षभित्र हामीले संविधान दिन्छौं भनेका हौं । हाम्रो बाचा अनुसार माघ ८ गते संविधान दिन प्रतिबद्ध भएर संविधान भित्र र संविधानसभा बाहिर रहेका दलहरुलाई एकताबद्ध गरेर संविधानका अन्र्तबस्तुमा सहमति जुटाउनलाई नै यो गठबन्धन गरिएको हो । सविधान नबनाउनकोलागि यो गठबन्धन होइन । तर, कतिपयले भने संविधान बनाउन नचाहनेले यो गठबन्धन बनाएर भनेर भन्दा पनि व्यवहारमा हेर्नु पर्छ । एमाओवादीले कांग्रेसलाई के आरोप लगायो, कांग्रेसले एमाओवादीलाई के आरोप लगायो भन्दा पनि व्यवहारमा कसले के गर्यो त्यो प्रधान विषय हो । संविधान निर्माण गर्ने विषयमा एमाओवादी कति इमान्दार रुपमा लागेको र अन्य दलहरु कति इमान्दार रुपमा लागेको छ भन्ने कुराको लेखाजोखा बाहिरबाट गर्नुभयो भने थाहा पाउनुहुन्छ ।

त्यसो हो भने एकले अर्कालाई आरोप लगाएर उम्किने प्रयासमा तपाईंहरु हुनुहुन्छ, यसको मतलव संविधान निर्माणको काम त्यति सहज छैन ?

हैन हामी त उम्किदैनौं । हामी उम्किने पक्षमा नै छैनौं । कसैलाई उम्किन दिने पक्षमा पनि छैनौं । कोहीपनि कुनै वहाना बनाएर, आरोप लगाएर प्रत्यारोप गरेर संविधान निर्माणबाट भाग्न पाइँदैन् । संविधानका अन्र्तवस्तुमा सहमति जुटाउने बेला विदेश भागेर अरुलाई आरोप लगाउन पनि पाईदैन ।

यसरी त माघ ८ मा संविधान जारी हुने अवस्था देखिएन नी ?

माघ गतेको समयसिमालाई तलमाथि पार्नु हुदैंन, पार्न पाईदैन भन्ने पक्षमा एमाओवादी छ । असहमतिका केही विषयहरु छन । असहमतिका विषयलाई छोटोभन्दा छोटोसमयका लागि राजनीतिक संवाद तथा सहमति समितिको म्याद थप गरेर केही समयसम्म त्यहाँ छलफल गरेर विवादित विषयमा सहमति कायम गर्नुपर्छ ।

अर्को कुरा भनेको कुनैपनि कुरालाई नकारात्मक रुपमा मात्र हेर्नुहुदैंन । त्यसलाई सकारात्मक रुपमा पनि हेर्नुपर्छ । सकारात्मक पक्ष र पाटो भनेको के हो भने राजनीतिक संवाद तथा सहमति समितिले अन्यन्तै सकारात्मक ढंगले काम गरेको छ । धेरै विषयलाई सहमति नजिक पुर्याउने काम गरेको छ । केही सहमति नजिक नपुगेका विषयहरुमा पनि छोटोसमय छलफल गर्यो भने सहमतिमा पुग्ने संभावना छ । त्यसकारण भाग्न कोही पनि मिल्दैन् । सहमति जरी सहमतिको विकल्प पनि छैन । सहमति नै गर्ने हो त्यसकालागि भाग्न मिल्दैन् ।

तीनै विषयमा पहिला पनि चारवर्ष छलफल गर्नुभयो । अहिले पनि एक वर्ष हुन लाग्यो छलफल गरेको तर विवादित विषय त जस्ताको त्यस्तै छ । अनि यस्तो अवस्थामा कसरी केही समयभित्रै सहमति हुनसक्छ ?

यो अग्रगमन र प्रतिगमनको लडाई हो । विचारको लडाई पनि हो र विचारको पनि लडाई हो । वर्गसंघर्ष पनि हो । यो जनताको पक्ष कि प्रतिगामीको पक्ष, परिवर्तन चाहने र प्रतिगमन चाहनेकोबीचको लडाई हो । त्यसकारण यो लडाई निरन्तर चल्ने कुरा हो । आखिरी निष्कर्ष त चाँही प्रगतिशील पक्ष वा परिवर्तनकारी पक्षले जित्छ । जसरी ६२, ६३को आन्दोलनमा जित्यो । जसरी ०७ सालमा जित्यो । यो संघर्ष लामो भएपनि निष्कर्र्ष छिट्टै हुन्छ । पानी उम्लिन समय लाग्छ । पानी उम्लिने क्रममा भएपछि छिटै उम्लिन्छ । यसलाई निष्कर्षमा पुर्याउन प्रयत्न भएको छ । भाग्न कोही सक्दैन । जो भाग्छ त्यसको अन्त्य हुन्छ ।

सबै दलका आ आफ्ना सैद्धान्तिक अडान छन् । ती विषयमा सबै सहमति कसरी जुट्छन ?

सहमति जुट्र्छ । त्यसको विकल्पै छैन् । दलहरु भागेर गएभने भाग्ने दलले त्यसको परिणाम भोग्नुपर्छ भन्ने कुरा उनीहरुलाई पनि महशुस हुनुपर्छ भएको छ ।

संविधानसभाभित्र संवाद समितिका सभापतिले मनोवैज्ञानिक दबाब दियो भने संविधान निर्माणमा सहयोग पुग्छ भन्नु भएको छ । त्यो मनोवैज्ञानिक दबाब कस्तो होला ?

संविधान बनाउने विषयमा हाम्रो पार्टीमा एक मत छ । संविधान बनाउनुको विकल्पपनि छैन । त्यसमा हाम्रो पार्टीभित्र दुई मत छैन ।

बेला बेलामा राजनीतिक सयन्त्र नभई नहुने, कहिलेकाँही सरकार परिवर्तनका कुरा पनि हुन्छ त्यसले समस्या भएको हो की ?

राजनीतिक संयन्य नभइ नहुने भनेर अहिले गर्ने प्रश्न होइन । यो प्रश्न अहिले सान्र्दभिक छैन् । किनभने त्यसको आवश्यकता छ कि छैन भन्ने कुरा त सरकार गठनताका नै त्यो संयन्त्र आवश्यक छ भनेर सरकारमा सहभागी दलहरुले नै हस्ताक्षर गरेका छन् । उनीहरुको इमान्दारितालाई कार्यान्वयन गराउनलाई हामीले प्रयत्न गरेको हो । जसले कहिले पनि इतिहासमा इमान्दार काम गर्दै नगरेर बेइमानी नै गरेर, जनताप्रतिपनि बेइमानी गर्ने प्रतिपक्षसँगपनि बेइमानी नै गर्ने ढुक्क हुने, अप्ठ्यारो पार्ने, ढाँट्ने राणाकालीन, राजाकालीन दिमाग हो । त्यो दिमाग बोकेर आएका दलहरु, हेर्नुहुन्छ भने अहिले सत्ता गठबन्धनको नेतृत्व सुर्यबहादुर थापाले गरेका छन् । वा कुनै एमाले कांग्रेसले गरेका छन् । विचारले गर्ने हो । यहाँ कस्तो विचारले नेतृत्व गरेको छ भन्ने हो । पश्चातामी विचारले नेपालको राजनीतिको नेतृत्व गरेको छ । त्यस कारण यो हामीले कार्यान्वयन गराउनको लागि बेइमान गर्नु भएन् । जहिले पनि धोका दिनु भएन् । जहिले पनि भन्ने एउटा, गर्ने अर्कै यस्तो किसिमको काम गर्नुृ भएन् ।
जे भनिन्छ, जनताको अगाडि, प्रतिपक्षको अगाडि त्यो पुरा गर्नुपर्छ । लोकतन्त्रमा केही नैतिकता पनि हुन्छ इमान्दारिता पनि हुँछ । जहिले पनि अनैतिक बन्नुपर्छ भन्ने त होइन नी । त्यसबाट केही पाठ सिकाउनलाई हाम्रो यो संघर्ष हो ।


  •  
  •  
  •