पशुपति चौलागाई , नेता नेकपा एमाले
नेतृत्व भनेको विचारको पनि कुरा हो । यो नेकपा एमालेको आजको विचारलाई बोक्ने नेता माधवकुमार नेपाल हो । त्यहि बिचारको आधारमा पार्टीलाई एकताबद्ध बनाएर लिएर जाने हैसियतमा मात्रै होइन अन्य राजनीतिक दललाई एकताबद्ध बनाएर, सबै पक्षलाई समेटेर संविधान निर्माणको कामको नृतत्व गर्न सक्ने क्षमता माधब नेपालमा छ ।
तपाईलाई अर्को पक्षले, माधब नेपाललाई जबरजस्त उकास्ने मध्यको एक ब्यक्ति ठान्छन् नी किन त्यो बिघ्न माधब नेपाल नै नभै भएन ?
पहिलो कुरा त , माधब नेपाललाई उकासेको भन्ने आरोप ने सहि होइन । किन भने उहाँ एमाले भित्र मात्रै होइन देशमा अहिले भएका नेताहरु मध्यकै क्षमतावान नेता भित्र पर्नु हुन्छ ।
व्यक्तिगत रुपमा म माधव नेपाल र अन्य नेताहरुलाई उत्तिकै सम्मान गर्छु । तर पनि माधव नेपाल क्रियाशीलताका हिसावले कामका हिसाबले र देशको राष्ट्रिय राजनीतिकिलाई हाँक्ने हिसावले एमालेको अध्यक्ष हुँदा पार्टी निर्माणका निम्ति र सिंगो देशको निम्ती सहज र अनुकल हुन्छ भन्ने हामी पार्टी कार्यकर्ताको रुची हो ।
त्यसभित्र म एउटा व्यक्तिमात्र होइन धेरै साथीहरुले उहाँसमक्ष प्रस्ताव राखेका हौं । उहाँ पार्टीको नेता भएको हुनाले यी जरुरी चीजको अध्ययन पनि गरिराख्नु भएको थियो । आवश्यक छ भन्ने कुराको महशुुुस पनि गर्नुभएको थियो । त्यसमा पनि हामीले पनि तपाई तयार बन्नुपर्छ, आउनुपर्छ नेतृत्व गर्नुपपर्छ भनेर सबै साथीहरुले भनेपछि उहाँ तयार हुनुभएको हो । माधव नेपाल नै यतिवेला नेकपा एमालेको निर्बिकल्प नेता हो । यो कुरा मैले होइन एमालेका सिंगो कार्यकर्ताले बुझेका छन् भन्ने प्रमाण महाधिबशेन प्रतिनिधि छनौटमा प्रष्ट देखियो । त्यसैले हामीले सहि निर्णय गरेका थियौँ जुन महाधिबेशनको हलबाट अनुमोदन हुन्छ भन्ने कुरामा कुनै दुविधा नै छैन ।
एमालेको नेतृत्व गर्ने माधब नेपाल भन्दा अर्को नेता छैनन् ?
म नेतृत्वमा रहन पाए हुन्थ्यो भन्ने चाहना राख्नुलाई म अन्यथा ठान्दिन । केपी कमरेडले पनि चाहना राख्नु अन्यथा होइन । उहाँपनि एकै समयमा पार्टी नेतृत्वमा आउनु भएको नेता हो । उहाँ हाम्रो अगुवा मध्ये नै हुनुहुन्छ । लामो समय जेल जीवन बस्नु भएको पनि हो । त्यसका निम्ति हामी सबैको उत्तिकै सम्मान छ । तर नेतृत्व भनेको फरक कुरा हो । नेता धेरै हुन्छन् तर नेतृत्व सबैले गर्दैनन् एक जनाले गर्छ त्यो नेताहरुकै वीचबाट हुन्छ । त्यसैले केपि ओली हाम्रो पार्टीको नेता हो तर सिंगो पार्टीको नेतृत्व गर्ने भुमिका उहाँले निभाउन सक्नु हुन्न । अहिलेको अवस्थामा त्यसको लागि माधब नेपाल नै उपयुक्त हो ।
माधब नेपाल यस्तो सक्षम ब्यक्ति भए, किन यो बिघ्न प्रतिस्पर्धामा उत्रनु पर्ने अवस्था सृजनाभयो त ?
माधव कुमार नेपाललाई यसअघि कसैले पनि विना प्रतिश्पर्दा नेतृत्वमा तपाई बसिदिनुस भनेको होइन । प्रतिस्पर्धाले नै उहाँ नेतृत्वमा आउनु भएको हो । उस बेलामा पार्टी केन्द्रीय कमिटिको निर्वाचन गरिन्थ्यो । पार्टी केन्द्रीय कमिटीको सदस्यहरुमध्ये बाट नेतृत्व चुनिन्थ्यो । अहिले प्रतिस्पधाृमा देखिनु भएका नेताहरुले धेरै पटक पार्टीको नेतृत्वमा पुग्न खोज्नुभएको तर कार्यकर्ताले उहाँलाई नस्विकारेको हो । माधब नेपाललाई स्विकार गरेको हो । आठौँमा झलनाथ खनाललाई स्विकार गरे केपि ओलीलाई अस्विकार गरे । अनि काहाँ उहाँहरुले सँधै अरुलाई दिएको हो र । प्रतिस्पर्धामा नेतृत्व लिएको हो माधब र झलनाथ दुवैले ।
लगातार एकै ब्यक्तिले नेतृत्व गर्ने हो भने त बाँकी नेता किन चाहियो त ?
माधव नेपाल कमरेड मदन भण्डारीको देहवसान भएपछि महासचिव हुनभयो । पार्टी अध्यक्ष मनमोहन अधिकारी हुनुहुन्थ्यो । छैटौं महाधिवेशनले अध्यक्षमा मनमोहन अधिकारीलाई चुन्यो, महासचिवमा माधव नेपाललाई नै चुन्यो । सातौं महाधिवेशनमा आइपुग्दा माधव नेपाल प्रथम व्यक्ति हुनुभयो । अर्थात पहिलो नेता सातौं महाधिवेशनबाट निर्वाचित हुनुभएको हो । त्यो पनि पार्टी केन्द्रीय कमिटिले निर्वाचित गरेको मानिस । त्यो टिमभित्र तपाँईले सम्झनु भएका नेताहरु सधैंभरी पोलिट्व्युरो, स्थायी समितिमा संगै हुनुहुन्छ । त्यसकारण प्रथम मानिस हुने चाँही नेतृत्वमा हुने अरु स्थायी समिति तथा पोलिट्व्युरोमा हुने चाँही नेतृत्वमा नहुने भन्ने अर्थ हुँदैन ।
नेतृत्व हस्तान्तरणको पक्षके ओलीले नेतृत्व गर्नु भएको छ, तपाईहरु चाँही पुरानै मा फर्कन चाहनु हुन्छ, पछाडि फर्कने ठिक कि अगाडि बढ्ने सहि ?
नेतृत्व हस्तान्तरण भनेको एउटा नियम बनाऔं, यति वर्षसम्म मात्र बस्न पाउने यति समय पछि बस्न नपाउने, फलानो पदमा यतिवर्ष बस्न पाउने भनेर तोकौं । त्यो तोकेको पनि छैन । आजसम्म माधवकुमार नेपाल नेकपा एमालेको अध्यक्ष भएको मैले त देखेको छैन् । त्यसकारण उहाँ कतिपटक हुनुभयो भन्ने कुरा होइन् । नेतृत्व भनेको विचारको पनि कुरा हो । यो नेकपा एमालेको आजको विचारलाई बोक्ने नेता माधवकुमार नेपाल हो । त्यहि बिचारको आधारमा पार्टीलाई एकताबद्ध बनाएर लिएर जाने हैसियतमा मात्रै होइन अन्य राजनीतिक दललाई एकताबद्ध बनाएर, सबै पक्षलाई समेटेर संविधान निर्माणको कामको नृतत्व गर्न सक्ने क्षमता माधब नेपालमा छ । उग्रवामपन्थ विरुद्धको वैचारिक संघर्ष चलाउदा चलाउदैं माओवादीलाई शान्ति प्रक्रियामा लिएर आउने कामको नेतृत्व माधब नेपालले गरेको होइन ? पार्टीभत्र र पार्टी बाहिर पनि नेपालको कम्युनिष्ट आन्दोलन भित्र रहेका उगं्रबामपन्थ र दक्षिणपन्थ विरुद्ध वैचारिक संघर्षको नेतृत्व गर्न सक्ने निष्ठावान र कृयाशिल ब्यक्तित्व माधव नेपाल भएको हुनाले हामीले उहाँलाई अध्यक्षको रुपमा प्रस्ताव गरेका छौं । त्यस कारण माधव नेपालको आज आवश्यकता छ, । त्यसोगर्दा उहाँका टिमभित्रका युवा नेताहरु नेतृत्वमा पुग्छन् । यहाँका नेतृत्वमा नै नवपुस्ता हुनेछन् । त्यस कारण सिंगो नेतृत्व हस्तान्तरण प्रक्रिया नै यही हो ।
महाधिवेशनको पूर्बसन्ध्यामा आरोप प्रत्यारोप चलिरहेको छ, जस्ले जिते पनि भोली पार्टी चलाउन त सजिलो छैन नी ?
हामीले यो अभ्यास धेरै पहिला देखि गर्दै आयौं । खासगरी पाँचौ, छैटौं सातौं र आठौं महाधिवेशनमा अर्थात २०४९ सालदेखि आजसम्म आइपुग्दा हामी पार्टी भीत्र आन्तरिक लोकतन्त्रको अभ्यास गर्दै छौं ।
कुनै बेला कुनै पक्षबाट अशिष्टता प्रकट भएका छन भने ती कुरा सच्याउनु पर्छ । हामीले नेता, नेतृत्व र विचार संयुक्त रुपमा विकास गरेका छौं । नेतृत्व र नेतहरु लामो कालबाट खारिएर आएका हुनुहुन्छ । लामो इतिहास बोकेका नेताहरुबीचमा कमी, कमजोरी र राम्रा उपलब्धी सबैका बराबरी छन भन्ने होइन । घटी बेसी होलान्, तर लामो कोर्सबाट खारिएर आएका हुनाले, नेकपा एमालेको सिंगो पंक्ति लोकतन्त्रप्रति प्रतिबद्ध हुनाले जनताको बहुदलीय जनवादले पार्टी जीवनको आन्तरिक लोकतन्त्र सामाजिक जीवनको लोकतन्त्र र राज्यको लोकतन्त्र यी तिनवटा विधालाई लोकतन्त्र भित्रै संगै लिएर जान चाहेको छ ।
नेतृत्वमा रहन पाए हुन्थ्यो भन्ने चाहना राख्नुलाई म अन्यथा ठान्दिन । केपी कमरेड पनि हाम्रो अगुवा मध्ये नै हुनुहुन्छ । लामो समय जेल जीवन बस्नु भएको पनि हो । तर नेता धेरै हुन्छन् तर नेतृत्व सबैले गर्दैनन् एक जनाले गर्छ त्यसैले केपि ओली हाम्रो पार्टीको नेता हो तर सिंगो पार्टीको नेतृत्व गर्ने भुमिका उहाँले निभाउन सक्नु हुन्न ।
आन्तरिक लोकतन्त्रको अभ्यास स्वरुप हामी पार्टीको आन्तरिक लोकतन्त्रलाई कसरी बलियो बनाउन सकिन्छ भनेर अभ्यास पनि गर्दैछौं । यो अभ्यासको सिलसिलामा कतै केही कमजोरी भएका छन भने हामी त्यसलाई सच्याउँछौं । हामी ढुक्क छौं कि महाधिवेशन सकिएको भोलीपल्ट हाम्रो नेतृत्वले सबैलाई समेटेर लिएर जान सक्छ । एकताबद्ध भएर हामी जान सक्छौं । अहिले देख्दा हामी अलग अलग ठाउँमा वहश गरेको भएपनि हाम्रो भोलीको नेतृत्वले हामीले हाम्रो पार्टीलाई एकताबद्ध बनाएर लैजान सक्छ भन्ने बिश्वास हामीलाई । सक्छौं ।
प्रतिनिधि छनौंट पछि ओली पक्षय नेताहरुले प्रष्ट बहुमतको तथ्यांक पेस गरिरहनु भएको छ तपाईहरु तथ्यांक सहितको प्रमाणलाई पनि स्विकारी रहनु भएको छै नी ?
अरुले के दावी गरेका छन, त्यसको जवाफ त हामीसंग छैन । हामीले जुन तथ्यांक भनेका छौं, सत्य र तथ्य त्यही हो । माधवकुमार नेपाल नेकपा एमालेको अध्यक्षमा निश्चित विजय बन्नु हुन्छ । निश्चित रुपले नेकपा एमालेको यो आठौं महाधिवेशनबाट नवौं महाधिवेशन सम्म आइपुग्दा यो साढे पाँच वर्षको अवधिमा माधव नेपालको आवश्यकता र अपरिहार्यता सबै पार्टीपक्तिले महशुस गरेको हुनाले माधव कुमार नेपाललाई विजय बनाउन प्रयाप्त प्रतिनिधि निर्वाचित भएर आउनु भएको छ ।
माधब नेपालको नेतृत्वको टिममा तपाई चाँही के बन्दै हुनुहन्छ नी ?
ब्यक्तिगत रुपमा म कहाँ हुन्छु कुन पदमा रहन्छु त्यो सामान्य कुरा हो । अवको एक कार्यकाल पार्टीको नेतृत्व माधब नेपालले गर्नुहुन्छ जुन टिममा भोलीको पार्टी हाँक्न सक्ने गरिको युवा पंक्ति रहेन छ । त्यसेले हाम्रो पहिलो उदेश्य पार्टीको नेतृत्वमा माधब नेपाललाई पुर्याउने हो । त्यस पछि उहाँको नेतृत्वमा पार्टीको देशकै पहिलो पर्टी, नमुना पार्टी र जनताको पार्टी बनाउनको लागि अवस्यक सहयोग गर्ने ठाउँमा हामी पनि स्वभावैले रहन्छौँ । यसमा यहि पद भन्ने अहिले निश्चित भएको छैन । किनभने कुन कुन पद थप्ने र घट्ने भन्ने टुंगो महाधिबेशनले लगाउने छ । त्यस पछि जुन पदको लागि मा उपयुक्त हुन्छु त्यो हाम्रो सिंगो टिमले गरेको निर्णयमा भर पर्छ ।