मोदीका मन्त्री को कति धनी ?

69
  •  
  •  
  •  

काठमाडौं, २१ असोज (बीबीसी) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको मन्त्रिमण्डलमा सहभागी २२ मध्ये १७ मन्त्री करोडपति भएको सार्वजनिक भएको छ । ती मध्येपनि सबैभन्दा धनी अर्थ एवं रक्षा मन्त्री अरुण जेटली रहेका छन् ।

जेटलीसँग ७२ दशमलव १० करोड रुपैंया रहेको छ भने सबैभन्दा कम सम्पत्ति शहरी विकास मन्त्री वैंकया नायडूसँग रहेको छ । नायडूसँग २० दशमलव ४५ लाख रुपैंया मात्र रहेको भारतीय संचार माध्यमले जनाएक छन् ।

भारतीय प्रधानमन्त्री कार्यलयको वेवसाइटमा सोमवार प्रधानमन्त्री तथा सबै २२ मन्त्रीको चल अचल सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।

प्रधानमंत्री नरेन्द्र मोदीसँग कुल एक करोड २६ लाख रुपैंया बराबरको सम्पत्ति रहेको छ । सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार मोदीले आफ्नी पत्नीको बारेमा केही पनि उल्लेख गरेका छैनन् ।
नरेन्द्र मोदी, प्रधानमन्त्री भारत मोदीसँग घर त छ तर, खेती र जमिन केही पनि छैन । मोदीसँग गुजरातको अहमदाबादमा आफ्नो घर रहेको छ ।

केही प्रमुख मन्त्रीहरुको सम्पत्ति विवरण
गृह मन्त्री राजनाथ सिंह दुई करोढ ५६ लाख
विदेश मन्त्री सुषमा स्वराज दुई करोड ७३ लाख
अर्थ तथा रक्षा मन्त्री अरुण जेटली ७२ करोड १० लाख
शहरी विकास मन्त्री वैंकया नायडू २० लाख ४५ हजार
केन्द्रीय परिवहन मन्त्री नितिन गडकरी तीन करोड़ ३४ लाख
रेल मन्त्री डीवी सदानंद गौड़ा चार करोड़ ३४ लाख
जल संसाधन मन्त्री उमा भारती एक करोड़ ६२ लाख
क़ानून तथा संचार मन्त्री रविशंकर प्रसाद ( १४ करोड़ ९१ लाख
केन्द्रीय खाद्य प्रसंस्करण मन्त्री हरसिमरत कौर बादल १२ करोड़ ८२ लाख
रेल राज्यमन्त्री मनोज सिन्हा २९ करोड़ ८२ लाख
महिला एवं बाल कल्याण मन्त्री मेनका गांधी ३७ करोड़ ६८ लाख
मानव संसाधन विकास मन्त्री स्मृति ईरानी चार करोड़ १५ लाख


  •  
  •  
  •