इन्टरपोलका प्रमुख मेंग हङवेइ पक्राउ परे लगत्तै दिए पदबाट राजीनामा

781
  •  
  •  
  •  

काठमाडौं, २२ असाेज (एजेन्सी) : इन्टरपोलका प्रमुख मेंग हङवेइ हराएपछि उनीमाथि अनुसन्धान सुरु भए लगत्तै चीनमा पक्राउ परेका छन् । मेंगकी श्रीमतीले उनले डरलाग्दो म्यासेज पठाएको भन्दै जीवन रक्षाको माग गरिरहेका बेला उनी चीनबाट पक्राउ परेका हुन् ।

चीनले उनी पक्राउ परेको पुष्टि गर्दै कानून उल्लंघनको आरोपमा भ्रष्टाचार विरोधी निकायले छानबिन गरिरहेको जनाएको छ। कर्मचारीहरुले गर्ने भ्रष्टाचारबारे छानबिन गर्दै आइरहेको चीनको सुपरभिजन कमिसनले आफ्नो वेबसाइटमा उनीमाथि अनुसन्धान भइरहेको उल्लेख गरेको छ ।

चीनको सार्वजनिक सुरक्षा उपमन्त्रीसमेत रहेका मेंग गत २५ सेप्टेम्बरमा इन्टरपोलको मुख्यालय फ्रान्सको लियोनबाट हराएका थिए । यसैबीच, इन्टरपोलले मेङले तत्कालबाट लागू हुने गरी प्रमुखबाट राजीनामा दिएको जनाएको छ ।


  •  
  •  
  •