काठमाडौं १० कात्तिक (ओएनएस) : सूचनाप्रविधिको विकाससँगै नेपालमा यसको प्रयोगकर्ताको संख्यामा पनि बृद्वि भएको छ ।
नेपाल दुरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार हाल नेपालमा ८९ लाख ४६ हजार ५ सयले इन्टरनेट चलाउछन् ।
त्यसमध्ये मोवाइलबाट झण्डै ८५ लाख १८ हजार जनताले इन्टरनेट प्रयोग गर्ने गरेका प्राधिकरणले सार्वजनिक गरेको म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम (एमआइएस) रिपोटमा उल्लेख छ ।
तथ्याङ्क अनुसार कुल दुई करोड २२ लाख ६५ हजार दुईसय ३६ मोबाइल प्रयोगकर्ता मध्ये ८५ लाख १८ हजार ९४ जनाले मोबाइल मार्फत इन्टरनेट चलाउँछन् ।
गत असारमा मोबाइलबाट इन्टरनेट चलाउनेको संख्या ८३ लाख ४१ हजार एकसय ७६ थिए । तयसमा पनि टेलिकममा ४५ लाख २४ हजार, एनसेलका ३९ लाख ९३ हजार ७ सय जना रहेका छन् ।
त्यस्तै नेपालमा विभिन्न प्रकारका फोन प्रयोगकर्ताको संख्या २ करोड ४८ लाख २६ हजार छ सय ८४ पुगेका छन् ।