काठमाडौ, १९ असोज(ओएनएस) : नेपाल टेलिकमले जीएसएम पोष्टपेडबाट इन्टरनेट चलाउनका लागि डाटा प्याकेज उपलब्ध गराएको छ । उक्त डाटा प्याकेज आगामी बुधबारदेखि लागू हुनेछ ।
टेलिकमले २ सय एमबी डाटा १३० रुपैयाँमा उपलब्ध गराउनेछ भने ५ सय एमबीका लागि ३ सय र १ जीबीका लागि ५ सय रुपैयाँ लाग्नेछ । टेलिकमका अनुसार यी तीन वटै प्याकेजहरू एक महिनाभित्र प्रयोग गरिसक्नुपर्नेछ ।
यस्तै, तीन जीबी डाटा १२ सय ९० रुपैयाँमा उपलब्ध हुनेछ र दुई महिनाभित्र प्रयोग गर्नुपर्ने हुन्छ भने ५ जीबी डाटा १८ सयमा उपलब्ध हुनेछ र ३ महिनासम्म प्रयोग गर्न सकिने छ ।
उल्लेखित महसुल दरमा कर समावेश गरिएको छैन । यसमा थप १३ प्रतिशत भ्याट लाग्ने टेलिकमले जनाएको छ ।
डाटा सुविधा लिनका लागि मोबाइलबाट डाटा टाइप गरी स्पेस दिएर आफूले चाहेको भोल्यूम टाइप गरी १४०० मा एसएमएस गर्नुपर्ने हुन्छ । उदाहरणको लागी 200MB Data लिनु परेमा DATA 200MB Type गरी १४०० मा SMS पठाउनु पर्छ ।
प्रयोग गर्न बाँकी रहेको डाटा भोल्यूम थाहा पाउन सिबी टाइप गरी १४०० मा एसएमएस पठाउन सकिन्छ ।