मोबाइलमा इन्टरनेट नचल्ने

142
  •  
  •  
  •  

काठमाडौं, २० वैशाख : ब्राजिलमा अर्को महिना सुरु हुने विश्वकपमा केही रंगशालामा समर्थकका मोबाइलमा इन्टरनेट नचल्ने ब्राजिली संचारमन्त्री पाउलो बेर्नार्डोले बताएका छन्।
मन्त्री बेर्नार्डोले जुन १२ मा उद्घाटन खेल हुने रंगशालासहितका केही रंगशालामा मोबाइलको इन्टरनेट नचल्ने यन्त्र जडान गर्न केही दिन लाग्ने बताए। 
उनले मिडिया सेन्टरका पत्रकार तथा अत्यावश्यक काममा रहने अधिकारीलाई भने इन्टरनेट सेवा उपलब्ध गराइने बताए।
इन्टरनेट अत्यावश्यक हुनेहरुलाई स्तरीय सेवा दिन यस्तो गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  ‘सामान्य समर्थकलाई इन्टरनेटको सुविधा हुदाँ धेरै विकृति हुनसक्ने कारण यस्तो गरिएको हो’ उनले भने।
नागरिक दैनिकबाट

  •  
  •  
  •  

Comments are closed.