इन्टरनेट सेवा प्रदायकहरू धर्नामा

313
  •  
  •  
  •  

काठमाडौं, चैत २९(ओएनएस) : टीभी प्रसारणको अनुमति लिएका कम्पनीलाई सरकारले बिनाप्रतिस्पर्धा इन्टरनेटका लागि फ्रिक्वेन्सी दिन तयारी गरेको भन्दै इन्टरनेट सेवा प्रदायकहरूले धर्ना दिएका छन् ।

सरकारले विद्यमान विनियमावली नै परिवर्तन गरेर सस्तोमा फ्रिक्वेन्सी दिन लागेको थाहा पाएपछि उनीहरु नेपाल दूरसञ्चार प्राधिकरणको प्रवेश द्वारमा धर्नामा बसेका हुन् ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तयारीलाई उनीहरुले गलत उनीहरुको भनाइ छ ।

वर्षौदेखि सरकारले आफूहरुलाई फ्रिक्वेन्सी नदिएको तर अहिले आएर टेलिभिजन प्रसारक संस्थालाई ‘चोर बाटो’बाट दिन लागिएको भन्दै धर्ना बसेको उनीहरुले बताएका छन् ।

इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आइस्पान)का अध्यक्ष भोजराज भट्टले मन्त्रालयको ठाडो हस्तक्षेपमा फ्रिक्वेन्सी गैरकानूनी तबरबाट बाँड्न लागिएकाले आन्दोलनमा आएको बताए ।
उनले फ्रिक्वेन्सी अक्सन (मोल बढाबढमा लिलामी) गर्नुपर्ने माग राखेका छन् ।


  •  
  •  
  •