अन्तर्राष्ट्रिय व्यापार मेला आजदेखि

369
  •  
  •  
  •  

nepal trade fairकाठमाडौँ, ४ चैत्र(ओएनएस) : पाँचौ नेपाल-अन्तराष्ट्रिय व्यापार मेला आजदेखि राजधानीमा सुरू हुँदैछ । मेला नेपाल सरकार तथा नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा भृकुटीमण्डपमा हुन लागेको हो ।

आगामी चैत्र ८ गतेसम्म हुने मेलामा हस्तकला, पर्यटन, छालाका उत्पादनहरू रहनेछन् । व्यापार मेलामा भारत, बङ्गलादेश, पाकिस्तान तथा चीनसहित व्यापारिक प्रतिष्ठानसहितका गरी ३५० वटा स्टलहरु रहनेछ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक ईश्वरीप्रसाद घिमिरेले मेलाले नेपाली वस्तुको प्रवद्र्धन तथा व्यापार बढाउन सहयोग हुने बताएका छन् ।


  •  
  •  
  •