पशुपतिमा ‘अन्तराष्ट्रिय सनतान हिन्दु सम्मेलन’ हुने

432
  •  
  •  
  •  

hindu
काठमाडौं, १३ भदौ (ओएनएस) : यहि भदौ १५, १६ र १७ गते पशुपति नाथ मन्दिर परिषरमा अन्तर्राष्ट्रिय सनातन हिन्दु सम्मेलनको आयोजना गरिने भएको छ ।

सनातन संस्कृति समाज नेपालले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर सम्मेलन आयोजनाको विषयमा जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा सनातन संस्कृति समाजका संयोजक हरिबोल भट्टराईले नेपाललाई जसरी पनि सनातन हिन्दुराज्य घोषणा गर्ने उदेश्यका समाज अगाडि बढिरहेको बताए । ‘नेपाल हिन्हुराज्य बन्नेमा शंका छैन्, जनता हिन्दुराज्यको पक्षमा छन्,’ उनले भने, ‘आगामी निर्वाचनमा कांग्रेसले सनातन हिन्दुराज्यको एजेण्डालाई लिएर अघि गएमा जनता बहुमत दिन्छन् ।’

संयोजक भट्टराईले यो सम्मेलनले सबै राजनीतिक दललाई हिन्दुराज्यको पक्षमा उभिन बाध्य पार्ने दावि गर्दै हिन्दु राष्ट्र बनाउने अभियानलाई निरन्तर रुपमा अघि बढाउने प्रतिबद्धता ब्यक्त गरे ।

विश्व हिन्दु महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन बास्तोलाले नेपाललाई सनतान हिन्दुहरुको आस्थाको केन्द्र भएकोले यसलाई कायम राख्ने सबै एक जुट भएर अभियान चलाउनु पर्ने आवश्यकता औल्याए ।

त्यसैगरी विश्व हिन्दु महासंघका उपाध्यक्ष दिनबन्धु अर्यालले नेपाल बुद्ध, व्यासको जन्मभूमि र ऋषिमुनिहरुको पुण्य तपोभूमि भएकाले अन्य सम्प्रदायले यसलाई समाप्त पार्न चौतर्फी आक्रमण भईरहेको दावी गर्दै मुलुकको धर्म संस्कारलाई बचाउँनको लागि सबै एक जुट भएर उत्रनु पर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा पत्रकार ऋषि धमलाले प्रमुख राजनीतिक दलका नेतृत्वकर्ताले हिन्दुराज्य कायम गर्नको लागि खुट्टा कमाएको टिप्पणी गरे ।
उनले भने,‘जबसम्म दलीय सहमति हुँदैन, यो एजेण्डाले पूर्णता पाउँदैन, जनमत यसको पक्षमा भएपनि शिर्ष नेताको बीचमा सहमति अनिवार्य आवश्यकता छ, यसको लागि सबै नेतृत्व एकै स्थानमा बसेर जनभावना अनुसार निर्णय लिनुपर्छ ।’

हिन्दु यूवा बाहिनी नेपालका अध्यक्ष ज्ञानेन्द्रराज भट्टले ९४ प्रतिशत ओमकार परिवार भएको देशलाई धर्मनिरपेक्ष बनाईनु दुखद र पूर्णत गलत भएको टिप्पणी गरे ।

उनले भने,‘हाम्रो मुलुक सनातन हिन्दु राज्य हो, यसलाई केही ब्यक्तिहरुले भुलभुलैयामा धर्मनिरपेक्ष बनाए अब हामी यसलाई पूर्णत सनातन हिन्दु राजय बनाउनको लागि सडकमा आएका छौ, आम नेपाली जनतालाई यस अभियानमा साथ दिन आग्रह गर्दछु।’

पत्रकार सम्मेलनमा नेपाली कांग्रेस डडेलधुराका सभापति कर्ण मल्ल, आयोजक समितिका सदस्य देवेन्द्र पौडेल, यूवा बाहिनीका उपाध्यक्ष लिला नेपाल र सदस्य दिनदयाल रेग्मीले सम्मेलनको औचित्यको बारेमा धारणा राखेका थिए ।

कार्यक्रममा ८ वटा कार्यपत्र प्रस्तुत हुने आयोजकले जानकारी दिएको छ । माधवराज समार्गी स्मृति भवन पशुपति वनकालीमा आयोजना गरिने सम्मेलनको अघिल्लो दिन अर्थात भोलि १४ गते राजधानीको भृकुटीमण्डपबाट मोटरसाईकल ¥याली निकालिने आयोजकले जानकारी दिएको छ ।


  •  
  •  
  •