काठमाडौं, २० भदौ (ओएनएस) : आर्थिक ,समाजिक र सांस्कृतिक अधिकारको न्यायिक पहुँच समबन्धि अन्तर्राष्ट्रिय कानुन सम्मेलन शुक्रवारदेखि राजधानीमा सुरु भएको छ । अन्तर्राष्ट्रिय कानुनका विविध पक्षमा अध्ययन अनुसन्धानमा क्रियाशील संस्था इन्टरनेशनल ल एसोसियसनको अन्तर्राष्ट्रिय सम्मेलनको राष्ट्रपति रामवरण यादवले उद्घाटन गर्दै अब बन्ने संविधानमा मानवअधिकारको सुनिश्चितता हुनुपर्नेमा जोड दिए ।
मानवअधिकारको रक्षाका लागि कानुन व्यवसायीहरुले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने भन्दै राष्ट्रपति डा. यादवले दलहरुले मानवअधिकारको विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
शुक्रवार सुरु सम्मेलन तीन दिन सम्म चल्नेछ । आइएलए नेपाल शाखाकी उपाध्यक्ष एवं सम्मेलन आयोजक समितिकी संयोजक इला शर्माले सम्मेलनमा नेपाल पक्ष राष्ट्र भएका विविध अन्तर्राष्ट्रिय महासन्धिहरुले प्रत्याभूत गरेका आर्थिक, सांस्कृतिक तथा सामाजिक अधिकारको प्रभावकारी कार्यान्वयनका लागि अपनाउनुपर्ने रणनीति लगायतबारे छलफल हुने जनकारी दिइन । सम्मेलनमा नेपालसहित भारत, बेलायत बल्जियम, इण्डोनेसिया र प्यालेष्टाइनका कानुन सम्वद्ध प्रतिनिधिहरुको सहभागीता छ ।