काठमाडौ, ७ माघ (ओएनएस) : नेपालमा अवस्थित अन्तर्राष्ट्रिय समूदायले नेपालमा पछिल्ला दिनमा हिंसा बढेकोमा चिन्ता ब्यक्त गर्दै सबै राजनीतिक शक्तिलाई लचकता अपनाएर समस्या समाधान गर्न आग्रह गरेको छ ।
समुदायले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै हिंसा र हिंसाको धम्किप्रति खेद ब्यक्त गर्दै संवादबाट सम्पूर्ण समस्याको हल गर्दै संविधान निर्माण प्रक्रिया अघि बढाउन आग्रह समेत गरेको छ ।
समावेशी संविधान बनाउको लागि दलहरुलाई आफ्ना प्रयास गर्न पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । संविधानले देशको भविष्या निर्धारण गर्न भन्दै नेपाली जनाताको समर्थनले मात्र संविधानको शान्तिपूर्ण कार्यान्यवन हुने बताइएको छ ।
त्यसको लागि दलहरुले आफ्नो नेतृत्व प्रदर्शन गर्दै आफ्नो जिम्मेवारी वहन गर्न पनि विज्ञप्तिमा आग्रह गरिएको छ । शान्ति सम्झौता लामो हिंसाको अत्न्य भएको उल्लेख गर्दै संविधान निर्माण नै नेपालको अहिलेको महत्वपूर्ण काम भएको पनि विज्ञप्तिमार्फत जनाईएको छ ।