अष्ट्रेलियाका नेपाली व्यवसायी न्यौपानेलाई अन्तर्राष्ट्रिय अवार्ड

470
  •  
  •  
  •  

awardकाठमाडौँ, २४ कात्तिक (ओएनएस) : अष्ट्रेलियाको मेलवर्नमा नेपाली ब्यवसायी भिम न्यौपानेले सञ्चालन गरेका बुद्ध ट्राभल्स र निरंकार रेष्टुरेण्ट त्यहाँको उत्कृष्ट सुचीमा पर्न सफल भएका छन् । अष्ट्रेलियन इण्डियन बिजनेस काउन्सीलले हरेक वर्ष अष्ट्रेलियमा विभिन्न व्यवसाय गरेका उत्कृष्ट कम्पनीको सुची सार्वजनिक गरेर अवार्ड दिने गरेको छ । कम्पनीहरुले अष्ट्रेलियामा पारेको व्यवसायिक सफलता, अर्थतन्त्रमा पारेको प्रभाव, रोजगारीको सृजना लगाएतका मापदण्डका आधारमा उत्कृष्ट कम्पनीको सुची तयार गरेर अवार्ड प्रदान गर्ने गर्दछ । न्यौपानेद्धारा संचालित निरंकार रेष्टुरेन्ट इण्डियन खानाको लागि त्यहाँ निकै स्थापित रेष्टुरेण्ट भित्र पर्छ ।

Resturant

ट्राभल्स र रेष्टुरेण्टका सञ्चालक न्यौपानेले सन १९९९ मा अष्ट्रेलिया पुगेर बुद्ध ट्राभल्स र निरंकार रेष्टुरेण्ट संचालन गर्न सुरु गरेका थिए । अष्ट्रलियाबाट ओएनएसन्युज सँग टेलिफोनमा कुरागर्दै न्यौपानेले आफूले संचालन गरेका दुईवटै व्यवसाय उत्कृष्ट सुचीमा पर्न सफल भएकोमा आफू निकै खुसी भएको बताए । यो सफलताको जसले जस त्यहाँ रहेका नेपालीहरुलाई दिँनै व्यवसायी न्यौपानेले भने “नेपालीको साथ र सहयोग कै कारण कम्पनी उत्कृष्ट भएको छ जसले गर्दा यहाँका सम्पूर्ण नेपालीको शिर उच्च भएको म ठान्दछु । ”

बुद्ध ट्राभल्सले हाल अष्ट्रेलियाका सिड्नी, मेलबर्न, एलिडेटका साथै न्युजिल्याण्ड र नेपालमा समेत साखा स्थापना गरेर सेवा दिइरहेको छ भने निरंकार रेष्टुरेण्टे मेलबर्नमा रहेको छ । ट्राभल र रेष्टुरेण्टले अहिले ३० जनालाई प्रत्यक्ष रोजगार दिएको न्यौपानेले ओएनएसलाई बताए ।Resturant1

सन २०१० देखि २०१७ सम्म सिंगापुरको एण्डलाईन्सको टप प्रोडुयुसिङ्ग एजेण्ट अवार्ड पाएको छ भने थाइ एयरलाईन्सको सन् २०१६ मा टप सेल्स एजेन्ट अवार्ड पाएको थियो । यसै गरि मलेसियन एयरलाइन्सको तर्फबाट बुद्ध ट्रभल्सले सन् २०१ं२ देखि २०१४ सम्म वेष्ट सेल्स अवार्ड पाउन सफल भएको थियो । ब्यवसायी न्यौपानेकाे  नेपाली चलचित्र  ‘बाटोमुनीको फूल २’ बजारमा अाइसकेकाे छ भने दाेख, हिराे रिर्टन र सुन्केेसरी निर्माणाधिन छन् ।


  •  
  •  
  •