अमेरिकी राष्ट्रपति बराक ओबामामाथि मुद्दा

225
  •  
  •  
  •  

काठमाडौं, १५ साउन (एजेन्सी) : अमेरिकी राष्ट्रपति बराक ओवामामाथि मुद्दा चल्ने भएको छ । अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ’ले राष्ट्रपति ओबामाविरुद्ध मुद्दा चलाउने प्रस्ताव पारित भएपछि उनीमाथि मुद्दा चल्ने भएको हो ।

राष्ट्रपति ओबामाले संवैधानिक शक्तिको उलंघन गरेको अभियोगमा मुद्दा चलाउने विषयमा लामो समयसम्म विवाद भएपछि तल्लो सदनमा मतदान भएको थियो ।
मदतानकाक्रममा पक्षमा २ सय २५ मत परेको छ भने विपक्षमा २ सय १ मत परेको छ । प्रस्तावलाई समर्थन गर्ने सांसदहरुले स्वास्थ्य सेवा र सुधारसम्बन्धी कानुनमा बाधा पुर्याएको आरोप लगाएका छन् ।

यद्यपि, रिपब्लिकनले भने ओबामाप्रतिको अभियोगको खण्डन गर्दै अमेरिकी जनतको हीतकालागि ओबामाले सही कदम चालेको भन्दै बनाउ गरेका छन् । ओबामाले आफूमाथिको अभियोग समय बरवादी भएको भन्दै मुद्दा खारेज गर्न आग्रह गरेका थिए ।

ओबामा राष्ट्रपति बनेपछि हालसम्म १ सय ८३ वटा विशेष आदेश जारी गरिसकेका छन् । यसअघिका राष्ट्रपति जर्ज बब्ल्यु बुशले ८ वर्षीय शासनकालमा २ सय ९१ वटा विशेष आदेश जारी गरेका थिए ।


  •  
  •  
  •