काठमाडौं २७ असार (एजेन्सी) टर्कीकी १७ बर्षिया रुमेसा गल्गी विश्वकै सबैभन्दा अग्गी केटीको रुपमा गिनिज वर्ड बुकमा दर्ता भएको छ ।
टर्कीको शफरानबुलकी स्थानीय बासी रुमेसा कक्षा ११ मा पढ्दै छिन् ।
उनको उचाइ ७ फुट रहेको छ । अग्लाईका कारण रुमेसा हिडडुल गर्न नसक्ने भएकोले उनको लागि विशेष व्हीलचेयरको व्यबस्था गरिएको छ ।
रुमेसाले आफ्नो अग्लाइलाइ देखेर मजाक उडाउने गरेको भएपनि अहिले खुसी भएको प्रतिक्रिर्या जनाएकी छिन् । सन् २०१५ को गिनिज बुकमा नाम प्रकाशित गर्न सर्टिफिकेट प्रदान गरिससिएको छ ।