भाजपा अध्यक्षमा शाह

272
  •  
  •  
  •  

नयाँ दिल्ली, २५ असार (एजेन्सी) भारतीय जनता पार्टीका महासचिव अमित शाहलाई बुधवारबाट पार्टी अध्यक्ष बनाइएको छ ।

गृहमन्त्री राजनाथ सिंहले अध्यक्षबाट राजीनामा दिँदै शाहलाई अध्यक्षको जिम्मेवारी दिएका हुन् ।

पार्टीका वरिष्ठ नेता तथा आरएसएस नेतृत्वकोसमेत सहमतिमा शाहको नाम अध्यक्षका लागि तय भएको थियो ।

भारतीय जनता पार्टीको संसदीय बोर्डले पार्टीको निर्णयलाई अनुमोदन गरेको छ ।

एक व्यक्ति एक पदको नीति अनुसार राजनाथ सिंहले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।

४९ वर्षीय शाह भारतीय जनता पार्टीका सबैभन्दा कम उमेरमा अध्यक्ष बनेका छन् ।

गत निर्वाचनमा आफूलाई राष्ट्रिय राजनीतिमा बलियो स्थानमा पुर्याउन सफल शाहलाई प्रधानमन्त्री नरेन्द्र मोदीका सबैभन्दा नजिकका सहयोगी मानिन्छ ।


  •  
  •  
  •