हेलिकोप्टर दुर्घटनामा १२ सैनिकको मृत्यु

200
  •  
  •  
  •  

हनोई, २३ असार । भियतनामको राजधानी हनोइमा सोमबार भएको सैनिक हेलिकोप्टर दुर्घटनामा १२ जना सैनिकको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य केही सैनिक घाइते भएका अधिकारीहरुले बताएका छन् । रसियामा बनेको एमआई १७१ हेलिकोप्टर सैनिक तालिमका क्रममा राजधानी हनोईमा दुर्घटनामा परेको थियो ।

सैनिक अधिकारीहरुलाई प्यारासुट सम्बन्धी तालिम दिइरहेको समयमा सो दुर्घटना भएको हो । हेलिकोप्टरमा कम्तीमा पनि २१ जना सैनिक रहेका सैनिक अधिकारीलाइ उदृद्धगर्दै अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

इन्जिनमा आएको खरावीका कारण हेलिकप्र दुर्घटनामा परेको थियो । उडदै गरेको हेलिकप्टरमा आगो लागेपछि भुइमा खसेको थियो ।


  •  
  •  
  •