जम्बु कश्मिरमा गोलबारी चारको मृत्यु

63
  •  
  •  
  •  

काठमाडौं, २० असोज (बीबीसी) : भारत र पाकिस्तानको सीमा रेखामा गोलाबारी हुँदा चार जनाको मृत्यु भएको छ । अन्य १० जना भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ । घाइते हुनेहरुमा महिला र बच्चासमेत रहेका छन् ।   पाकिस्तानले भने भारतको तर्फबाट चलको गोलीलागेर चार पाकिस्तानी नागरिकको मृत्यु भएको तथा तीन जना घाइते भएको जनाएको छ ।
मृत्यु हुनेमा दुई बच्चा, एक महिला र एक बृद्ध रहेका छन् ।

स्थानीय पत्रकार माजिद जहाँगीरका अनुसार जम्मू कश्मीरको आरएस पुरा सेक्टर, अरीना सेक्टर र जीबी सेक्टरमा अन्तराष्ट्रिय सीमामा दुवैतर्फबाट गोलाबारी जारी रहेको छ । भारतीय गृहमन्त्री राजनाथ सिंहले ट्वीट गर्दै भारतीय सीमा सुरक्षा बल (बीएसएफ) का निर्देशक जनरल डीके पाठकसंग फोनमा कुरा गरेको बताए । पाठकले गृहमन्त्रन्त्रीलाई सिंहलाई घटनाबारे जानकारी गराएका छन् । गृहमन्त्रीले पाठकलाई गोलीबारी भएको इलाकामा जान निर्देशन दिएका छन् ।

बीएसएफ प्रवक्ताका अनुसार पाकिस्तानका रेन्जरले पाँच र ६ अक्तूबर राती आएएस पुरामा भारतीय चौकीमाथि गोलीबारी गरेका थिए । जसमा भारतीय जवानहरुले जवाफी हमला गरेका थिए । भारतीय सैनिकले निन्त्रण रेखा जम्बु कश्मिरमा घाईतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाएका छन् ।

बीएसएफ दाबी गरे अनुसार पाकिस्तानी सेनाले गोलीबारीबाहेक नागरिक इलाकामा मोर्टार प्रहार गरेका थिए जसमा चार जनाको मृत्यु भएको छ । घाइतहरुको जम्बु र अन्य अस्पतालमा उपचार भइरहेको छ । गोलीबारीका कारण सो इलामाका स्थितिपूर्ण तनावपूर्ण रहेको छ ।


  •  
  •  
  •