भारतीय प्रधानमन्त्री मोदीले झाडु लगाएपछि…

86
  •  
  •  
  •  

काठमाडौं, १६ असोज (एएफपी)  भारतको खराब सार्वजनिक स्वास्थ्य तथा सरसरफाईको अवस्थालाई सुधार्ने बचन कायम राख्न प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको गरिब बस्तीमा बिहीबार कुचो लगाएका छन् ।
अमेरिकाबाट स्वदेश फर्केपछि प्रधानमन्त्री मोदीले स्वतन्त्रताका पहिचान बनेका महात्मा गान्धीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न आयोजना गरिएको सार्वजनिक बिदाको दिनमा ‘‘स्वच्छ भारत’’ अभियान आरम्भ गर्न कुचो चलाएका हुन् ।
मोदीले एक टेलिभिजन सम्बोधनमा महात्मा गान्धीले ‘भारत छोड’’ नारा दिएको र मुलुकको स्वतन्त्रताका लागि जनता एक भएको बताए । उनँले गान्धीको ‘‘स्वच्छ भारत’’ को सपना अझै पूरा नभएको बताए ।
मे महिनामा भएको निर्वाचनमा वर्तमान प्रधानमन्त्री ६४ वर्षीय मोदीले नयाँ प्रशासनको प्रमुख प्राथमिकतामा सार्वजनिक स्वास्थ्यलाई पनि राखेका थिए भने हालसम्म सबै विद्यालयमा छात्राका लागि छुट्टै शौचालय निर्माण गर्ने बचन दिएका छन् ।
संयुक्त राष्ट्र सङ्घको बालकोष युनिसेफले भारतका करिब ५० प्रतिशत अर्थात ५९ करोड ४० लाख जनताले खुलास्थानमा दिसापिसाप गर्ने अनुमान गरेको छ । भारतको अव्यवस्थित जनघनत्व भएको क्षेत्रमा यसले रोग सङ्क्रमणको जोखिम बढाउँछ ।
प्रधानमन्त्री मोदीले सार्वजनिक सफाइको जिम्मा सफाइ कर्मचारीमा मात्र नरहने र यसका लागि जनताको सोचाइमा परिवर्तन हुनुपर्ने बताउनुभएको छ । भारतले हालै मङ्गल ग्रहको अभियानमा सफता प्राप्त गरेको छ ।
उनले स्वच्छ भारत प्राप्त हुनसक्ने र यो अभियान सफल हुनसक्ने बताए । उनले भारत मङ्गल ग्रह पुग्नसक्छ भने उसको वरपरको वातावरण पनि सफा हुने बताए ।
यस अभियानको आरम्भमा मन्त्री तथा सरकारी कर्मचारीले पनि बिहीबार सरकारी भवन सफाइमा ठूलो सङ्ख्यामा भाग लिने अपेक्षा गरिएको छ ।


  •  
  •  
  •