पाकिस्तानी संसदभित्र प्रदर्शननकारी

68
  •  
  •  
  •  

काठमाडौं, १२ भदौ (बीबीसी) : पाकिस्तानमा सरकार विरोधी प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरु निषेधित क्षेत्रको रुपमा रहेको संसद भवन परिसरमा पसेका छन्।    उनीहरुले आसपासका सरकारी भवनमा तोडफोड पनि गरेको अधिकारीहरुले बताएका छन्।

बीबीसीका अनुसार प्रदर्शनकारीहरु संसद भवन रहेको परिसरबाट संसद भवनमै पस्न खोजेमा उनीहरुले सुरक्षा फौजको सामना गर्नु पर्ने छ।
त्यसअघि प्रधानमन्त्री नवाज शरिफको सरकारी निवास तर्फ अघि बढ्न खोज्दा हजारौं प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडप भएको थियो।
प्रदर्शनको नेतृत्व चर्चित क्रिकेटरबाट राजनीतिज्ञ बनेका विपक्षी नेता इमरान खान र धार्मिक नेता ताहिरुल कादरीले गरेका छन्।
अराजकतामा राजधानी
कादरीले प्रहरीले गोली, रबरका गोली र टियर ग्याँस प्रहार गरेको बताउँदै सातजनाको ज्यान गएको दावी गरेका छन्।  प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए।  इस्लामाबादका प्रहरी प्रमुखले बीबीसीसँग कुरा गर्दै एक सयजना प्रदर्शनकारीहरु पक्राउ परेको र कयौंसँग बन्चरो, हथौडा र अन्य धारिला हतियार फेला परेको बताएका छन्।   भिडन्तहरुमा प्रहरी सहित साढे दुई सयभन्दा बढी घाइते भएको बताइएको छ।

सेना तैनाथ
सरकारले प्रधानमन्त्री निवास सहितका संवेदनशिल क्षेत्र सेनाको जिम्मा दिएको छ।  रक्षा मन्त्री ख्वाजा आसिफले आवश्यक परे सेनालाई कारवाहीको आदेश पनि दिन सकिने जनाएका छन्।  उनले प्रदर्शनकारी नेताहरुले परिस्थिति भडकाएर सरकारमाथि रक्तपात गरेको आरोप लगाउन चाहेको बताएका छन्।
गृहमन्त्री चौधरी निसारले पनि चेतावनीपूर्ण शैलीमा भनेका छन्, “ती मानिसहरु सरकारी भवन कब्जा गर्न चाहन्छन् तर सुरक्षाकर्मीहरुले पनि संविधान र देशको रक्षा गर्ने शपथ लिएका छन्।”
ूयो हिंसाले पहिलो पटक शान्तिपूर्ण ढंगले एउटाबाट अर्को निर्वाचित सरकार हस्तान्तरण हुन सकेको अपरिपक्व प्रजातन्त्रको भविष्यलाई खतरामा पार्ने मात्र होइन, नेटो फौजले अफगानिस्तान छाड्नु अघि पाकिस्तानलाई अस्थिर बनाउने खतरा पनि छ

प्रजातन्त्रलाई खतरा

बीबीसीका अनुसार हिंसाले पहिलो पटक शान्तिपूर्ण ढंगले एउटाबाट अर्को निर्वाचित सरकार हस्तान्तरण हुन सकेको अपरिपक्व प्रजातन्त्रको भविष्यलाई खतरामा पार्ने मात्र होइन, नेटो फौजले अफगानिस्तान छाड्नु अघि पाकिस्तानलाई अस्थिर बनाउने खतरा पनि छ।
प्रधानमन्त्रीको राजिनामाको माग गर्दै इमरान खानको अगुवाईमा १४ अगस्टदेखि लाहौर(इस्लामाबाद विरोध यात्रा गरिएको थियो।
धार्मिक अगुवा कादरीले पनि त्यही दिनदेखि एउटा लामो मार्च थालेका थिए।   प्रधानमन्त्री शरिफमाथि गत चुनावमा धाँधली गरेको आरोप लगाउँदै दुबै विपक्षीले उनको राजिनामा नआउँदासम्म विश्राम नलिने बताएका छन्।  शरिफले उक्त आरोप अस्वीकार गर्दै आएका छन्।


  •  
  •  
  •