काठमाडौं, २६ साउन (एजेन्सी) : विहारको राजनीतिमा एक अर्काको कडा विरोधीका रुपमा रहेका आरजेडी प्रमुख लालु यादव र जेडियु नेता नितिश कुमार २० वर्षपछि सोमवार एकै मंचमा देखा परे ।
बिहारको हाजीपुरमा एउटा चुनावी सभालाई सम्बोधन गर्न दुर्वै नेता एकसाथ देखापरेका हुन् । विहारमा २१अगस्तमा १० सीटोंका लागि विधानसभा उपचुनावको लागि जेडियु, आरजेडी र कांग्रेसले गठबन्धन बनाएका छन् । तीन पार्टीले मोर्चा बनाएर भाजपा विरुद्ध चुनाव लड्दैछन् ।
विगतमा लालु र नितिश राजनीतिक रुपमा एक अर्काका कडा विरोधी थिए । गत आम निर्वाचनमा भारतीय जनता पार्टी र उसको गठबन्धनले बहुमत ल्याएपछि कांग्रेसलगायतका दल निकै कमजोर भएका थिए । आम निर्वाचनमा व्यहोरेको पराजयको वदला लिन विहानमा तीन दलबीच गठबन्धन भएको बताइएको छ ।
यसैबीच कुनै बेला नितिश कुमारको नजिक रहेका पुर्व राज्यसभा सांसद शिवानन्द तिवारीले लालु–नितिस गठबन्धनप्रति कडा टिप्पणी गरेका छन् । उनले नितिस एक्लै आफ्नो रक्षा गर्न असमर्थ रहेको बताए ।
‘नितिस अब एक्लै आफ्नो रक्षा गर्न असमर्थ भएका छन, उनले भने,‘त्यही कारण नितिस र लालुले एक अर्काको रक्षा गर्ने संकल्प लिएका छन् ।’ तिवारीले लालु नितिस गठबन्धले कुनै पनि लाभ नहुने टिप्पणी गरे । यता विहारका पुर्व उपमुख्य मन्त्री सुशीलकुमार मोदीले नितिस कुमारको चर्को विरोध गरेका छन् ।