विद्रोही नियन्त्रित क्षेत्रमा  सहायता पठाउन युक्रेनी सरकार तयार

208
  •  
  •  
  •  

काठमाडौं, २५ साउन (एजेन्सी) : युत्रेनका राष्ट्रपति पेत्रो पारोसेन्कोले बिद्रोही नियन्त्रित क्षेत्रमा मानवीय सहायता पठाउन तयार रहेको बताउनुभएको छ । यद्यपी पेत्रोले त्यस्तो सहायता अभियान अन्तर्राष्ट्रिय स्तरको हुनपर्ने शर्त राख्नुभएको छ । यस्तै, निशस्त्र र युक्रेनको सुरक्षा जाचस्थलबाट अनुमती पाएकाले मात्रै सहायता गर्नसक्ने राष्ट्रपति पेत्रोले उल्लेख गर्नुभएको छ ।

रुसले बिद्रोही नियन्त्रित क्षेत्रमा मानवीय सहायता आवश्यक रहेको बताउदै आएपनि पश्चिमा मुलुकहरुले त्यहाँ सशस्त्र सामग्री पठाउन सकिने भन्दै आशंका व्यक्त गर्दै आएका थिए ।

यसैबीच, रुस समर्थित युक्रेनी बिद्रोहीले मानवीय संकट उत्पन्न भएको भन्दै दोनेत्स्कमा युद्धबिरामको घोषणा गरेको छ । यस्तै, बिद्रोहीको पकड रहेको लुहान्स्कमा पनि सर्वसाधारणको अवस्था नाजुक रहेको बताइएको छ । ती क्षेत्रमा विद्युत आपूर्ती ठप्प छ भने गोलाबारी जारी रहेकाले बजार पसल सबै बन्द भएको बीबीसीले जनाएको छ ।


  •  
  •  
  •