अमेरिका र युरोपमाथि रुसको प्रतिबन्ध

179
  •  
  •  
  •  

काठमाडौं, २२ साउन (एजेन्सी) :  रसियाली प्रधानमन्त्री दिमित्री मेद्भेदेभले संयुक्त राज्य अमेरिका, युरोपियन युनियन र अन्य पश्चिमा देशहरूबाट खाद्य पदार्थ आयातमा प्रतिबन्ध लगाएको बताएका छन् ।

मस्को र युक्रेनबीच जारी द्वन्द्वको सम्बन्धलाई लिएर सो प्रतिबन्ध जारी गरिएको बताइएको छ ।
रसियाले लगाएको सो पूरा प्रतिबन्धमा गाईको मासु, बङ्गुरको मासु, फलफूल र तरकारीका उत्पादनहरू, चिज, दूध र डेरीको उत्पादनहरू परेका छन् ।

ती सबै खाद्य पर्दाथहरू युरोपियन युनियन, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, क्यानडा र नर्वेबाट ल्याउन प्रतिबन्ध लगाएको सरकारी स्तरको छलफलमा तय गरिएको मेदभेदभले जानकारी दिए।

उक्त प्रतिबन्ध तत्कालै लागू हुने समेत मेदभेदभले बताए ।
यस गम्भीर निर्णयले ती खाद्यान्न आपूर्ति गर्ने देशहरूका आपूर्तिकर्तालाई निश्चय पनि अप्ठ्यारो पार्ने पनि मेदभेदभले बताए । तर यस प्रतिबन्धित खाद्य पदार्थमा बच्चाहरूको खाद्यान्न भने नपर्ने पनि उनले जानकारी दिए ।

मेद्भेदेभले यस प्रतिबन्धित खाद्यान्नको सम्पूर्ण सूची सरकारी वेबसाइटमा प्रकाशित गरिने पनि बताए ।


  •  
  •  
  •