संयुक्त राष्ट्रसंघको स्कुलमा इजरायलको हमला

267
  •  
  •  
  •  

काठमाडौं, १८ साउन (एजेन्सी) : संयुक्त राष्ट्रसंघले संचालन गरेको स्कुलमा इजरायलले हमला गर्दा कम्तिमा पनि ७ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । प्रत्यक्षदर्शीहरुका अनुसार संयुक्त राष्ट्रसंघले संचालन गरेको स्कुलमा इजरायलले निशाना बनाएको थियो ।

सो स्कुलमा हजारौं प्यालेस्टाइनले शरण लिइरहेका थिए । इजरायली सेनाले हमासलाई निशाना बनाउँदै आएको छ । इजरायलले हमासका लडाकु स्कुल र अपस्तालमा लुकिछिपी रकेट आक्रमण गर्ने गरेको दाबी गरेको छ ।

यद्यपि, यो हमलाप्रति इजरायली सेनाको कुनै प्रतिक्रिया आएको छैन् । गाजाका स्वास्थ्य अधिकारीका अनुसार आइतवार गरिएको आक्रमणमा ३० जना प्यालेस्टाइनको मृत्यु भएको छ । जवाफमा हमाले पनि रकेट आक्रमण जारी राखेको छ ।

इजरायलले आफ्ना बेपत्ता भएका सैनिक लेफ्टिनेन्ट हदर गोल्डिनको मृत्युको पुष्टि गरेको छ । इजरायली सेनाले गाजापट्टिमा अपरेशनको क्रममा इजरायली हवाई हमलामा २३ वर्षीय सैनिक लेफ्टिनेन्टको मृत्यु भएको थियो ।

इजरायलले हालसम्म गाजापट्टीको सिमानाबाट ८६ रकेट हमला गरेको जनाएको छ । यसमध्ये अधिकांश निकास नाकाम भएका थिए । तेल अविवमा सात रकेटको आयरन डोम मिसाइलले नष्ट गरेको थियो ।


  •  
  •  
  •