राजस्व विभागका महानिर्देशकको पदवहाली 

74
  •  
  •  
  •  

काठमाडौं, २५ भदौ (ओएनएस) : आन्तरिक राजस्व विभागको महानिर्देशकमा चुडामणि शर्माले बुधवार पदवहाली गरेका छन् । पदवहाली पश्चात् विभागका कर्मचारीहरु तथा उपत्यकास्थित आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको कार्यक्रमलाई निर्देशन गर्दै उनले सांगठनिक सफलताका लागि संगठनमा कार्यरत कर्मचारीहरुको वैज्ञानिक मगज र आध्यात्मिक हृदयको आवश्यकता रहने बताए । उनले कानुनको विवेकशील प्रयोग गर्नुपर्नेमा जोड दिए । सकारात्मक सोच राख्न निर्देशन दिँदै उनले सदैव मैत्रीपूर्ण व्यवहार गर्न आग्रह गरे

सम्पूर्ण कर प्रशासनको अभिभावकको रुपमा आफूले भूमिका निर्वाह गर्न लागेकाले उचित गुनासाहरु भए आफूले सम्बोधन गरी सहयोग गर्ने बताउँ“दै उनले कार्यक्रम आयोजना गरेर सुन्ने र सुनाउने मौका प्रदान गरेकोमा धन्यवाद दिए ।


  •  
  •  
  •