कोबानी सहरमा फेरि संघर्ष सुरु

200
  •  
  •  
  •  

टर्की, ४ कात्तिक (बीबीसी) : तुलनात्मक रुपमा दुई दिनदेखि शान्त देखिएको सिरियाको कोबानीमा कुर्द लडाकुहरुले विद्रोहीलाई पछाडि धकेलेको बताइएको छ।

टर्कीले इराकका कुर्द पेशमर्गा लडाकुहरुलाई इस्लामिक विद्रोहीविरुद्ध लड्नका निम्ति सिरिया प्रवेश गर्न दिने बताएपछि कोबानीमा पुनः संघर्ष सुरु भएको हो।

टर्कीको उक्त निर्णय कुर्द लडाकुहरुको नैतिक बल बढाउनका लागि महत्वपूर्ण भएको ठानिएको छ।

संघर्ष

सोमबार रात पर्नासाथ उत्तरी कोबानीमा भीषण संघर्ष सुरु भएको छ।  अमेरिकी नेतृत्वको गठबन्धन फौजले कोबानी आसपास क्षेत्रमा आइतबार र सोमबार गरी ६ वटा हवाई आक्रमण गरेको अमेरिकी सेनाले जनाएको छ।

टर्कीसँग सीमा जोडिएको कोबानी सहरलाई इस्लामिक विद्रोहीले महत्वपूर्ण रुपमा हेरेको छ।

विद्रोही र कुर्द लडाकुबीचको संघर्षका कारण अधिकांश मानिसहरु उक्त सहर छोडेर भाग्न बाध्य भएका छन्।


  •  
  •  
  •