क्रिकेटर मात्र होइनन् एबी डिभिलियर्स, पौडीबाज र गायक पनि हुन्

169
  •  
  •  
  •  

काठमाडौ, ११ माघ(एजेन्सी) : वेष्ट इण्डिजविरूद्धको खेलमा दक्षिण अफ्रिकी कप्तान एबी डिभिलियर्सले एकदिवसीय इतिहासमा सबैभन्दा तिव्र गतिमा शतक प्रहार गर्दा धेरै अचम्ममा परेका थिए । उनले उक्त क्रममा तिव्र शतक मात्र नभई तिव्र गतिमा अर्धशतकका साथै एकै एकदिवसीय खेलमा १६ छक्का जोड्ने कीर्तिमान रोहित शर्मासँग बराबरी गरेका छन् । उनी राम्रा खेलाडी हुन् भन्ने त सबैलाई थाहा नै थियो तर यस्तो कीर्तिमान नै राख्न सक्नेछन् भन्ने अनुमान कसैले पनि गरेका थिएनन् ।

उनले क्रिकेटका राम्रा खेलाडी हुन् । उनी कुनै पनि फर्म्याटमा रन बनाउन सक्छन् । उनले अहिलेसम्म टेष्ट क्रिकेटमा ७ हजार ६ सय ६ रन, एकदिवसीय क्रिकेटमा ७ हजार ४ सय ४० रन र टी-२० मा १ हजार ७ रन जोडेका छन् । अन्तराष्ट्रिय क्रिकेटमा ४० शतक पनि जोडेका छन् । उनी राम्रा विकेटकिपर पनि हुन् । विकेटको पछाडि फिल्डिङ गर्दै अहिलेसम्म ३ सय ८२ क्याच गरेका छन् भने १४ स्टम्पिंग पनि गरिसकेका छन् ।

ab de villiers as singerएबी गायक पनि हुन् । सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ तर, उनी आफै ड्रम, पियानो र गितार पनि निकै राम्रो बजाउँछन् । यस्तै, उनले सन् २०१० मा एउटा गीतको एल्बम पनि निकालेका छन्, जसमा उनको स्वर सुन्न सकिन्छ ।

ab de villiers as swimmerउनी पौडी खेल्नमा पनि उत्तिकै राम्रा छन् । उनले क्रिकेट नखेलेको भए उनी पौडिबाजको रूपमा आफ्नो छवी बनाउने निश्चित भएको बताइएको छ । क्रिकेटमा आउनुभन्दा अगाडि पौडीमा ६ वटा रेकर्ड समेत कायम गरेका छन् ।

डिभिलियर्स क्रिकेटमा आउनुभन्दा अगाडि रग्बी, ब्याडमिन्टन, हकी, फुटबल, टेनिस र गल्फ जस्ता खेल पनि उत्तिकै राम्रो खेल्छन् । हरेक खेलमा विरोधी खेलाडी उनको प्रदर्शनका अगाडि निरिह हुने गर्थे । उनी खेल मात्र फिटनेसको भाग नभई खेलहरूमा उनले थुप्रै मेडल पनि जितेका छन् । अहिले पनि मौका मिले उनी टेनिस र गल्फ खेल्ने गर्छन् ।

हेर्नुस् एबी डिभिलियर्सले गाएको गीतको भीडियो..


  •  
  •  
  •