दैलेख चिनाउन राजधानीमा फोटो प्रदर्शनी

88
  •  
  •  
  •  

काठमाडौं, ६ भदौं (ओएनएस) : काठमाडौं र लुम्बिनी पछि तेस्रो ऐतिहासिक महत्वको जिल्ला दैलेख चिनाउन भन्दै राजधानीको बबहर महलस्थित कला परिषद्को हलमा फोटो प्रदर्शनी आयोजना गरिँदै छ । शुक्रबार साँझ ६ बजे प्रदर्शनीको उद्घाटन गरिने आयोजकले जनाएको छ । उद्योग वाणिज्य महासंघ र दैलेख उद्योग वाणिज्य संघको सँयुक्त आयोजनामा गर्न लागिएको सो प्रदर्शनीमा फोटो पत्रकार भरतबन्धु थापा, शमशेर शाहीलगायण्तका एकसयभन्दा बढि तस्वीर प्रदर्शनीमा राखिनेछ । यस्तै दैलेखको प्राकृतिक सौन्दर्यता, ऐतिहासिक वस्तु र सांस्कृतिक पक्ष झल्किने वृतचित्र पनि प्रदर्शन गरिने भएको छ ।

दैेलखलाई पर्यटकीय गनत्व्य बनाउन फोटो प्रदर्शनी गर्न लागिएको दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष शान्ति शर्माले बताए । उनले भने, ‘दैलेख मत्वपूर्ण कलासांस्कृति र ऐतिहासिक वस्तु हुँदा पनि प्रचारप्रसारको कमीले विकास हुन नसकेकाले पहिलो पटक यस्तो प्रयास गरिएको हो ।’
यस्तै संघका महासचिब नरेन्द्र थापाले दैलेखलाई चिनाउन सकिए पर्यटन विकासमा सहयोग पुग्ने बताए ।


  •  
  •  
  •