काठमाडौँ, २१ चैत(ओएनएस) : जगदम्बा सिमेन्टले आफ्नो उत्पादनको खरिदमा १ करोड ५० लाख रूपैयाँसम्मको घर बिमा गरिदिने भएको छ ।
कम्पनीले ‘जगदम्बा सिमेन्ट होम इन्स्योरेन्स’ योजना ल्याउँदै आफ्ना कुनै पनि उत्पादनको खरिदमा ग्राहकको घरको बिमा गरिदिने भएको हो । ‘मजबुती र बिमा सुरक्षा दुईगुणा’ नाराका साथ जगदम्बा सिमेन्टले योजना सार्वजनिक गरेको हो ।
आगलागी, भूकम्प, हुरी, बाढी पहिरो, चट्याङलगायत प्राकृतिक बिपत्तिमा हुनसक्ने क्षतिलाई ध्यानमा राख्दै सिमेन्टले यस्तो योजना ल्याएको हो ।
कम्पनीले यसअघि पनि जगदम्बा जागरण, जगदम्बा विशेष लगायत उपभोक्ता केन्दि्रत कार्यक्रमहरु सञ्चालन गर्दै आएको थियो ।