हात्तिको पनि बीमा !

179
  •  
  •  
  •  

 अब चितवनमा शयरका लागि व्यावसायिक दृष्टिले पालिएका हात्तीको पनि बीमा हुने भएको छ ।

तवनमा करीब १ सयको हाराहारीमा त्यस्ता हात्ती रहेको सम्बद्ध स्रोतले बताएको छ । बीमा कम्पनीको बीमाशुल्क महँगो भएका कारण अहिले सहकारी संस्था मार्फत बीमा गर्ने तयारी भइरहेको चितवनस्थित एलिफेण्ट कोअपरेटिभका अध्यक्ष बलराम दाहालले बताए ।

उनले भने, ‘हामीले व्यावसायिक हात्तीपालन गनर्हे रूसगँ मासिक रू। १० हजारका दरले रकम उठाउन थालिसकेका  छौं  ।’ सोअनुसार  बीमा कम्पनीलाई  तिर्ने  बीमाशुल्क सहकारी संस्थाले नै मासिकरूपमा सङ्कलन गरेर जम्मा गर्ने दाहालले बताए । हात्ती मरेमा वा हात्तीले तेस्रो पक्षलाई क्षति र्पुयाएमा सहकारी संस्थाले नै बीमा रकम उपलब्ध गराउने उनले जानकारी दिए ।

चालू आर्थिक वर्ष २०७१र७२ देखि नै हात्ती बीमावापतको बीमाशुल्क सङ्कलन गर्न शुरू गरिए पनि सहकारी संस्थाले ३ वर्षपछि मात्र बीमा सुविधा उपलब्ध गराउने बताइएको छ ।

दाहालका अनुसार सहकारी संस्थाले बीमा गर्न पाउने व्यवस्था नभएका कारण अहिले अर्को कुनै नाममा त्यस्तो काम थालिनेछ ।

दाहालले आफूसम्बद्ध एलिफेण्ट कोअपरेटिभमा अहिले ५६ ओटा हात्ती रहेका र तिनीहरूको मूल्य एउटाको करीब रू। ४० लाखदेखि रू। ९० लाखसम्म रहेको पनि जानकारी दिए ।

एउटा हात्तीको वार्षिक बीमाशुल्क सरदर रू। ३ लाख हुने उनको भनाइ छ । सो दरअनुसार सबै हात्तीको वार्षिक बीमाशुल्क रू। १ करोड ६८ लाख हुने उनले जानकारी दिए ।

सहकारीमा आबद्ध हात्तीमध्ये २० वर्षको समयावधिमा तीनओटा मात्र मरेकाले सोहीअनुपातमा मृत्यु भएको अवस्थामा सहकारीले क्षतिपूर्ति दिँदा पनि सहकारीलाई फाइदा हुने उनको भनाइ छ ।

सहकारीले हात्तीको बीमा गर्ने सम्बन्धमा सबै बीमा कम्पनीसँग कुरा गरिसकेको समेत दाहालले बताए । हात्तीको औसत उमेर सय वर्ष रहे पनि १२ वर्षदेखि काम गर्न शुरू गरी ८० वर्षसम्म काम गर्न सक्ने विज्ञहरू बताउँछन् । एउटा हात्तीबाट सबै खर्च कटाउँदा पनि वार्षिक रू। १४ लाखसम्म नाफा हुने दाहालले बताए ।

नेपालमा अहिले भारतबाट समेत हात्ती भाडामा ल्याएर सयरका लागि प्रयोग हुँदै आएको सहकारीले बताएको छ । बीमाशुल्क हात्तीको उमेरअनुसार निर्धारण गरिनुपर्ने एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले बताए । ‘हामीले हात्तीको बीमा गर्न आवश्यक बीमालेख तयार पारिसकेका छौं,’ उनले भने ।  हात्ती व्यवसायको बीमा गर्ने तयारीमा समेत कम्पनी रहेकोे उनले जानकारी दिए ।

उनका अनुसार पुनर्बीमा कम्पनीले पनि बीमा गरिएका हात्तीको पुनर्बीमा गर्न मौखिक सहमति दिइसकेका छन् । उनका अनुसार हात्तीमा सयर गर्ने यात्रु र तेस्रो पक्षको क्षति भएको अवस्थामा रू।

१ लाखसम्मको क्षतिपूर्ति दिने बीमालेखमा व्यवस्था गरिएको छ ।

सरकारले हात्ती, घोडा र कुकुर बीमामा अनुदान नदिने भएकाले पनि हात्ती व्यवसाय गर्नेहरू बीमा गर्न नमानेको बीमा समितिका निर्देशक राजुरमण पौडेलले बताए ।

सरकारले कृषिबीमामा गतवर्ष बीमाशुल्कको ५० प्रतिशत अनुदान दिएको थियो भने चालू आवमा ७५ प्रतिशत अनुदान दिएको छ । हात्ती व्यवसाय पर्यटन व्यवसायअन्तर्गत पर्ने भएकाले अनुदान दिन नमिल्ने पौडेल बताउँछन् । साभार :आर्थिक अभियान  दैनिक


  •  
  •  
  •