इन्स्टाग्रामले पछार्यो ट्विटरलाई

462
  •  
  •  
  •  

instagramकाठमाडौ, २५ मंसिर(एजेन्सी) : फेसबुकको चर्चित फोटो शेयरिङ्ग सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’ले ३० करोड प्रयोगकर्ता पुर्याएको छ । कम्पनीले बुधबार अथेन्टिक सेलिब्रेटी मेम्बर्सको नयाँ सिस्टमको सुरूवात गर्दै यो घोषणा गरेको हो ।

यसका साथै प्रयोगकर्ताका विषयमा इन्स्टाग्रामले माइक्रोब्लगिङ्ग साइट ट्विटरलाई पनि पछाडि पारेको छ । ट्विटरले गत सेप्टेम्बरको अन्तिमसम्म आफ्ना २८ करोड ४० लाख प्रयोगकर्ता भएको दावी गरेको थियो ।

इन्स्टाग्रामका प्रमुख कार्यकारी केविन सिस्ट्रोमले आफ्नो ब्लगमा लेखेका छन् की ४ वर्ष पहिले दुई साथीहरूले वैश्विक समुदायसँग एउटा सपना देखेका थीए । अहिले यहाँ ७ करोड फोटो र भिडियो हरेक दिन अपलोड हुने गर्छ ।

केविनले कम्पनीले चाँडै नै सेलिब्रेटी, एथलिट र ब्राण्डका लागि नयाँ सुविधा ल्याउने बताएका छन् । यसले इन्स्टाग्राममा प्रयोगकर्तामा विश्वसनीयता बढ्छ र कपिराइट चोरीको समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।

अधिकारीहरूले इन्स्टाग्रामलाई नक्कली र स्पामी एकाउण्टबाट बचाउन चाहेको बताएका छन् । यसका साथै हामी नक्कली एकाउन्टलाई डिएक्टिभेट गरिनेछ । फेसबुकले भविष्यमा इन्स्टाग्रामको सम्भावनाहरूलाई हेरेर सन् २०१२ मा अधिग्रहण गरेको थियो । फेसबुकले अधिग्रहणका लागि १ बिलियन डलर खर्च गरेको थियो ।

 


  •  
  •  
  •