बलात्कारको मुद्धा फिर्ता नलिँदा प्रहरीले जिउँदै जलाए पीडिताका पति

322
  •  
  •  
  •  

rape-case_thumbकाठमाडौ, ६ मंसिर (एजेन्सी) : उत्तरप्रदेशको बागपतमा एक सामूहिक बलात्कार पीडिताले एक प्रहरीले आफ्नो पतिलाई जिउँदै जलाएको आरोप लगाएकी छिन् ।

बागपतको बड्का सडक निवासी एक महिलाले आफूलाई सोमबार राती सामूहिक बलात्कार गरिएको मुद्धा दर्ता गराएकी थिइन् । सोमबार उनका पति घरमा थिएनन् । उक्त मौकाको फाइदा उठाऊँदै उनकै देवर पर्ने एक व्यक्तिसहित उनका ४ साथीहरू घरमा जबरजस्ति घुसेर उनको सामूहिक बलात्कार गरेका थिए र घटनाबारे कसैलाई केही भने मार्नेसम्मको धम्की दिएका थिए‍ ।

यस घटनाको मुद्धा दर्ता गरेपछि बुधबार प्रहरीले उनको घरमा जाँच गरेको थियो । उक्त क्रममा एक प्रहरीले उनलाई मुद्धा फिर्ता लिन दवाव दिएका थिए । यसको विरोध गरेपछि प्रहरीले उनको पतिलाई जिउँदै जलाईदिएका थिए । यसबाट उनको पतिको शरिर करिब ५० प्रतिशत जलेको छ र उसलाई मेरठको एक अस्पतालमा भर्ना गरिएको छ ।

यता प्रहरीले भने उक्त आरोपको खण्डन गरेका छन् । प्रहरीले एक सम्पत्ति विवादमा महिलाका पतिले आफै आगो लगाएको बताएका छन् । एएसपी विद्यासागर मिश्रका अनुसार घटनामा सम्पत्ति विवाद नै बाहिर आएको छ ।


  •  
  •  
  •