विषम परिस्थितिमा सुरक्षित भएर सूचना प्रवाह गर्न इन्जाको आग्रह

57
  •  
  •  
  •  

काठमाडौं । विश्वभरि रहेका क्रियाशील नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल(इन्जा) ले सम्पूर्ण नेपाली पत्रकारहरुलाई अहिलेको विषम परिस्थितिमा आफु पनि सुरक्षित रहेर सूचना प्रवाह गर्न विशेष आग्रह गरेको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा इन्जाले जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो दायित्वलाई पुरा गर्न लागि पर्ने आम संचारकर्मीहरुले सार्वजनिक हितमा सूचना प्रवाह गरेर आम नागरिकहरुको सूचना पाउने हकलाई पुरा गरिरहेको जनाएको छ ।

आम नागरिकले सहि सूचना पाउदा मात्रै लोकतन्त्र पनि बलियो हुदै जाने र लोकतन्त्रको सुदृढिकरण भएमा मात्रै प्रत्येक नागरिकको समुन्नति हुने भन्ने कुरालाई आम संचारकर्मीहरुले आफनो दायित्वका रुपमा लिएका छन तर राज्यले त्यसका लागि त्यो खालको व्यवहार गर्ने गरेको छ त भन्ने प्रश्न उठने गरेको पनि नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल इन्जाले सम्बद्ध पक्षको गम्भीर ध्यानाकर्षण गराएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आयोजित ग्लोबल भर्चुवल विशेष कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, महासचिव रोशन पुरी, इन्जा ग्लोबलका अध्यक्ष गुणराज लुईँटेल, इन्जा ग्लोबलका उपाध्यक्ष एवं इन्जा एशियाका अध्यक्ष टंक पन्त, इन्जाका सल्लाहकार तीर्थ कोइराला, योगेश उपाध्याय , घमराज लुइटेल , संचारिका समुहकी अध्यक्ष नीतु पण्डित , पुर्व अध्यक्ष बबिता बस्नेत, इन्जा ग्लोबलका बरिष्ठ उपाध्यक्ष बिष्णु शितल, उपाध्यक्ष किशोर सापकोटा, न्यूज एजेन्सी नेपालका अध्यक्ष सविन धमला, रोहिनी शर्माले नेपालको सबिधानले प्रेस स्वतन्त्रताका पक्षमा गरेको बलियो पक्षलाई ऐन नियम र निर्देशिकाका नाममा खुम्च्याउन खोजेकोले त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

वक्ताहरुले प्रतिपक्षमा एउटा कुरा सत्तामा जादा अर्को कुरा गर्ने प्रबृत्तिको अन्त्यका लागि विशेष आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघका अनुसार नेपालमा प्रेस स्वतन्त्रता विरोधी घटना यो बर्ष ४५ वटा भएका छन । ती घटनाबाट ५सय ८४ जना पत्रकार र ३ मिडिया हाउस गभीर रुपमा प्रभावित र पीडित भएका छन । ५ सय ८४ पत्रकार मध्य ७७ जना महिला पत्रकार छन । विभिन्न खाले आक्रमणबाट ४८ र दुव्र्यवहार, धम्कीको सामना १२ जना पत्रकारले गर्नुपरेको छ भने ५ सय १७ जना पत्रकार विस्थापित हुनुपरेको महासंघले जनाएको छ ।


  •  
  •  
  •