कुटनीतिक शिष्टाचार विर्षीए सञ्चारमन्त्री रिजालले

93
  •  
  •  
  •  

काठमाडौं, १८ साउन (ओएनएस)  :  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सवारी मन्त्री तोकिएका सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले अन्तराष्ट्रिय विमानस्थलमा कुटनीतिक मर्यादाको धज्जी उडाएका छन् । प्रधननमन्त्री सुशील कोइरालाले भारतीय समकक्षी मोदीलाई पुष्प गुच्छा दिएलगत्तै रिजालले प्रधानमन्त्रीको हातमा तानेका थिए ।

परराष्ट्र मन्त्रालयका एकजना उच्च अधिकारीले संचार मन्त्री रिजालको सो कदम कुटनीतिक मर्यादा र शिष्टाचार बिपरित भएको बताएका छन् । यसअघि चिनियाँ प्रधानमन्त्री वेन जिया बाओ आउँदा नेपालका शिष्टाचार महापालले त्यस्तै मर्यादा विपरित प्रधानमन्त्रीलाई तानेका थिए ।
सञ्चारमन्त्रीले प्रधानमन्त्री कोइरालाको पाखुरा तानेको विषयलाइ भारतीय संचार माध्यमले कुटनीतिक मर्यादा विपरितको काम भन्दै व्यंग्य गरेका छन् । प्रधानमन्त्री कोइरालालाई तानेपछि मन्त्री रिजाल हासेका थिए ।

नेपाली सेनाले भारतीय प्रधानमन्त्री मोदीलाई सलामी दिएको समयमा मोदीले ‘सलाम’ गरे पनि प्रधानमन्त्री कोइरालाका हात भने तल थिए । मोदी भ्रमणको विषयलाइ लिएर परराष्ट्र मन्त्रालय र सुरक्षा निकायले कयौं पटक ‘रियल्सल’ गरे पनि विमानस्थलमा कुटनीतिक कमजोरी देखिएका थिए ।


  •  
  •  
  •