इनफ इज इनफका अभियन्ताहरु पक्राउ

111
  •  
  •  
  •  

काठमाडौं । इनफ इज इनफका अभियन्ताहरु पक्राउ परेका छन् । सरकारविरोधी प्रदर्शनका लागि जाने क्रममा उनीहरुलाई बाटोबाटै प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रन्जु दर्शना, आलोक सुवेदी, सौरभ कार्की, पवन मल्ल, नवराज उप्रेर्ती शशिविक्रम कार्की, वृतान्त खनाल, सुदन गुरुङलगायत छन् । उनीहरुलाई काठमाडौंको फरक–फरक स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु १२ बजेको पूर्वनिर्धारित शान्तिपूर्ण प्रदर्शनका लागि प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटर जाँदै थिए ।

इनफ इज इनफका अभियन्ताहरुले पीसीआर परीक्षण बढाउनुपर्ने, क्वारेन्टिनको व्यवस्था राम्रो बनाउनुपर्ने, विदेशबाट आएकाको स्वास्थ्य तथा क्वारेन्टिन बस्नका लागि उचित प्रबन्ध मिलाउनुपर्नेलगायत माग राखेका छन् ।

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भौतिकदूरीका साथ गर्न लागेको प्रदर्शनलाई रोक्न दर्जनौँको संख्यामा युवाहरू पक्रिनु गैर–न्यायिक तथा अधिनायकवादी कदम भएको बताएका छन् ।

मिश्रले सामाजिक सञ्जालमा पोष्ट गर्दै भनेका छन्, ‘प्रधानमन्त्री ओलीका समर्थकले उनको गाथा गाउँदै प्रदर्शन गर्दा मौन रहने सरकारले कोरोनाको भय बढ्दै जाँदा त्यसको प्रभावकारी व्यवस्थापनको जायज माग राखेर भौतिकदूरीका साथ गर्न लागेको प्रदर्शनलाई रोक्न दर्जनौँको संख्यामा युवाहरू पक्डिनु गैर–न्यायिक तथा अधिनायकवादी कदम हो। पक्राउ परेका सबैलाई तुरून्तै रिहा गरियोस्। इनफ इज इनफका सत्याग्रहीसँग भएको संझौता लागू गरियोस्। अब सबैले भन्दैछन् ।


  •  
  •  
  •