नेपालमा औद्योगिक लगानी गर्न ठूला अर्थतन्त्र आकर्षित

236
  •  
  •  
  •  

काठमाडौ, २१ असोज (ओएनएस)  : नेपालको औद्योगीक क्षेत्रमा ठूला अर्थतन्त्रका मूलुकको लगानी बढेको छ । हालसम्म विश्वका पाँच ठूला अर्थतन्त्र भएका राष्ट्रको औद्योगिक लगानी ७२ अर्व रुपैयाँ पुगेको छ ।

ती राष्ट्रमा अमेरिका ,चीन, जपान,भारत र जर्मनी रहेका छन् । ती मध्ये नेपालमा सवैभन्दा बढी लगानी भारतको रहेको छ ।

गत आर्थिक बर्षमा १४ अर्व ८७ करोड ६५ लाख रुपैयाँ बराबरको लगानी पुगेको उद्योग विभागको तथ्यांकमा उल्लेख छ । यो अघिल्लो आवको तुलनामा झण्डै ४ अर्वले बढी हो । अघिल्लो आवमा ११ अर्व १३ करोड ९२ लाख लगानी रहेको थियो । यस्ता उद्योगबाट १ लाख २८ हजार जनाले रोजगारी पाएको उद्योग विभागको पछिल्लो तथ्यांकमा उल्लेख छ ।

विशेषगरी उत्पादनमुलक,सेवामूलक,पर्यटनमूलक उद्योगमा यस्ता राष्ट्र लगानीमा आकर्षित भएका देखिन्छन् । नेपाली उद्योग क्षेत्रमा हालसम्म जम्मा १ खर्व १६ अर्व ३१ करोड रुपैयाँ विदेशी लगानी भएको छ ।

पाँच ठूला अर्थतन्त्र भएका राष्ट्रमध्ये अमेरिकाको कुल गार्हस्थ्य उत्पादन(क्रय शक्ति क्षमता) १ सय ४६ खर्व २४ अर्व १८ करोड अमेरिकी डलर छ । त्यस्तै चीनको १ सय खर्व ८४ अर्व ३७ करोड ,जापानको ४३ खर्व ८ अर्व ६३ करोड र भारतको ४० खर्व १० रहेको छ ।

त्यसैगरी जर्मनीको कूल गार्हस्थ्य २९ खर्व ३२ अर्व पुगेको छ ।

सरकारले विदेशी लगानीका उद्योगलाई प्राथमिकतामा राखेपछी यस्ता राष्ट्रको लगानी बढेको हो ।

पछिल्लो समय उर्जा क्षेत्रमा यस्ता राष्ट्रले लगानी गर्न प्रस्ताव गरेको उर्जा मन्त्रालयले जानकारी दिएको छ ।


  •  
  •  
  •