औद्योगिक करिडोर स्थापनाका लागि समिति गठन

254
  •  
  •  
  •  

काठमाडौं, १३ पुस (ओएनएस)  : उद्योग मन्त्रालयले औद्योगिक करिडोर स्थापनाका लागि सुनसरी–मोरङ्ग, विरगञ्ज–सिमरा, भैरहवा–बुटवल र नेपालगञ्ज–कोहलपुरको अध्ययन गर्न समिति गठन गरेको छ ।

उद्योगमन्त्रालयका प्रवक्ता यमकुमारी खतिवडाले दुई महिना भित्र समग्र भौतिक पूर्वाधारको अध्ययन प्रतिवेदन पेश गर्ने गरी तीन सदस्य समिति गठन भएको जानकारी दिए ।

उक्त अध्ययन अनुगमन समितिको संयोजकमा उद्योगमन्त्रालय प्रविधि महाशाखा, सह–सचिव ऋषिराज कोइराला र सदस्यमा औद्योगिक प्रवद्र्धन महाशाखा, उपसचिव विष्णुप्रसाद ढकाल, प्राविधिक निर्देशक, उद्योग विभाग रहेका छन् ।

मन्त्रालयका प्रवक्ता खतिवडाले औद्योगिक करिडोर स्थापना भएसँगै उक्त क्षेत्रमा सञ्चालन भएका उद्योगहरुलाई विशेष सुविधा हुने प्रस्ताव औद्योगिक व्यवसाय ऐनमा भएको बताए । उनले औद्योगिक व्यवसाय ऐन मन्त्रिपरिषदमा पेश भई विधेयक समितिमा छलफलको क्रममा रहेको जानकारी दिए ।
“औद्योगिक करिडर स्थापनाको कानुनी आधार औद्योगिक व्यवसाय ऐन हो । त्यसैले जति चाँडो ऐन बन्छत्यहि रफ्तारमा यो काम अघि बढ्छ”– प्रवक्ता खतिवडाले भने ।

देशको अर्थतन्त्रको समुचित विकासका लागि औद्योगिक लगानीको वातावरण बनाउने, उत्पादन र रोजगारीको अवसर बृद्धि गर्ने, उपलब्ध श्रोत अधिकतम उपयोग गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गर्न औद्योगिक करिडोर स्थापना गर्न लागिएको हो ।


  •  
  •  
  •