औद्यौगिक ऐनहरु परिवर्तन हुँदैछन्: पाण्डे

206
  •  
  •  
  •  

रूपन्देही, २७ असोज (ओएनएस) : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेले नेपालको औद्योगिक  विकासको लागि सरकारले विभिन्न ऐनहरु परिवर्तन गर्न लागेको बताएका छन् ।

उद्योग वाणिज्य महासंघको पहलमा औद्योगिक नीति परिवर्तन गर्न सरकारले तयारी गरेको उनले जानकारी दिए ।
बुटवल उद्योग वाणिज्य महासंघको ६१ औं वार्षिक साधारण सभा तथा २२ औं अधिवेशनको सोमबार बुटवलमा उद्घाटन गर्दै पाण्डेले यस्तो बताएका हुन् ।

उद्योगीको परामर्शकै आधारमा सरकारले औद्योगिक विकासको अवधारणा बनाइरहेको जानकारी दिए ।
साथै औद्योगिक ऐन २२ वर्ष पुरानो भएकोले समय सान्दर्भिक ऐन बनाउन आफूहरुले सरकारलाई सुझाएको बताए ।

औद्योगिक  क्षेत्रमा हड्ताल गर्ने व्यवस्था नभएपनि त्यो लागु हुन नसकेको भन्दै यसको दीर्घकालिन उपाय खोज्ने पहल भइरहेको पनि उल्लेख गरे ।

देशका विभिन्न ठाउँमा औद्योगिक करिडोरहरु निर्माण गर्ने पहिल गरिएको भन्दै रुपन्देहीको मोतिपुरमा बन्ने औद्योगिक करिडोरले यस क्षेत्रको औद्योगिक  विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

कार्यक्रममा पूर्व मन्त्री तथा नेपाली काँग्रेसका नेता वालकृष्ण खाँणले यस क्षेत्रको औद्योगिक  विकासमा आफू सधै उद्योगी व्यापारीको साथमा रहेको उल्लेख गरे ।

साथै उद्योगी व्यापारीका सरकार सँगका ओलोचना र गुनासाको समाधान गर्न आफु तयार भएको बताए ।
कार्यक्रममा संघका अध्यक्ष सुरेन्द्र श्रेष्ठले राज्यको उन्नत औद्योगिक  नीति बिना आर्थिक विकास सम्भव नहुँने धारणा व्यक्त गरे ।

त्यस्तै राज्यको पुनःसंरचना गर्दा लुम्बिनीको नाममा संघीय राज्यको नाम राख्न पहल गरिनुपर्ने बताए ।
बुटवल नगरपालिकालाई उपमहानगरपालिकामा स्तरोन्नति गर्न  आवश्यक रहेको उनले बताए ।
संघका महासचिव अनिल प्रसाद श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।


  •  
  •  
  •