इन्द्रसरोवरमा डुंगा पल्टदा २ बेपत्ता, ७ को उद्धार

272
  •  
  •  
  •  

indrasarovarकाठमाडौं, ३ मंसिर (ओएनएस) : मकवानपुरको इन्द्रसरोवरमा डुंगा पल्टदा दुई जना बेपत्ता भएका छन् । कुलेखानी जालासयको इन्द्रसरोवरमा भोज खाएर फर्कने क्रममा ९ जना चढेको डुंगा पल्टदा दुई ब्यक्ति बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा कुलेखानीका १४ बर्षिया सुनिल गोल र हरि स्याङतान छन् । खियाउने वहाना नलिई डुंगा चढेकाले पल्टेको बताइएको छ । वहानाको सट्टा मिनरल वाटरको  बोतलले  खियाउदा डुंगा पल्टेको थियो ।

डुंगामा सवार ७ जनाको उद्धार गरिएको प्रहरीले पुष्टि गरेको छ । बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

अपरान्ह डुंगा पल्टदा हराएका उनीहरुको साँझ ६ बजेसम्म खोजी गरिएको थियो । प्रहरीले बिहिबार बिहानै देखि खोजी कार्य जारी राख्ने जनाएको छ ।


  •  
  •  
  •